December 3, 2022, Saturday
१७ मंसिर २०७९, शनिबार

पर्यटन क्षेत्रको पुनरुत्थानका लागि पर्याप्त बजेट छुट्याउन माग

पर्यटन क्षेत्रको पुनरुत्थानका लागि पर्याप्त बजेट छुट्याउन माग

चैत ३१, काठमाडौं ।
कोभिड १९ ले थलिएको पर्यटन पुनरुत्थान तथा प्रर्वधनका लागि पर्याप्त बजेट छुट्याउन माग गरिएको छ । हाल प्राप्त गरेको बजेट सिलिङले पर्यटन क्षेत्रको पुनरुत्थानका लागि बजेट अपुग हुने भन्दै थप बजेटको माग गरिएको हो । नेपाल पर्यटन बोर्डले पर्यटन व्यवसाय पुनरुत्थान तथा प्रवद्र्धनका लागि चालिनु पर्ने कदम र भावी नीतिका विषयमा सरोकारवालाहरुसँग अन्तरक्रिया समेत गरेको छ ।

Advertisement

संस्कृति पर्यटन तथा नागरिक उड्डन मन्त्री भानुभक्त ढकालले यो पटक बजेट निर्माणमा थुप्रै सीमितता भएपनि पर्यटन पुनरुत्थानका लािग बजेट ब्यवस्थापन गर्न प्रधानमन्त्रीसँग छलफल गरेको जानकारी दिए । हाल प्राप्त गरेको बजेट सिलिङले पर्यटन क्षेत्रको पुनरुत्थानका लागि बजेट अपुग हुने भन्दै थप बजेटको माग गरिएको उनले बताए । मन्त्री ढकालले कोभिड–१९ ले पर्यटन क्षेत्रलाई बढी प्रभावित पारेकाले यसको पुनरुत्थनाका लागि मन्त्रालयले पहल गरेको दावी गरे । कोभिड–१९ दोस्रो चरणको संक्रमण बढ्दै जाँदा स्वास्थ्य मापदण्डलाई ध्यान दिँदै पर्यटन क्षेत्रलाई पुनरुत्थान गर्नुपर्ने मन्त्री ढकाललको भनाइ छ ।

राष्ट्रिय योजना आयोगका सदस्य डा. रामेश्वर फुयाँलले पर्यटनलाई राष्ट्रिय अर्थतन्त्रैकै मेरुदण्डका रुपमा विकास गर्ने गरी योजना बनाइएपनि बजेट अभावमा त्यसको कार्यान्वयन जटिल बनेको बताए । उनले यो समयमा पूर्वाधार विकाससँगै मानव शंसाधन विकासमा जोड दिन निजी क्षेत्रलाई आग्रह गरे । पर्यटन मन्त्रालयका सचिव यादवप्रसाद कोईरालले अहिलेको परिस्थती पहिलेभन्दा फरक रहेपनि सरकार निजी क्षेत्र मिलेर नै यसलाई अगाढि बढाउनु पर्ने अवस्था रहेको जानकारी दिए । उनले आउने बजेटमा पर्यटन पुर्नरुत्थान र प्रर्वद्धनका लागि आवश्यक बजेटका लागि मन्त्रालयले सक्दो प्रयास गर्ने बताए । पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मीले पर्यटन क्षेत्रलाई चलायमान बनाउन नीतिगत सुधारदेखि अन्तरनिकाय समन्वय र बजेटको आवश्यक्ता रहेको बताए ।

उनले नेपाललाई सबै उमेर समुह र सबै सिजनको पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न नयाँ ढंगले गन्तव्य विस्तारदेखि पर्यटनमैत्री नीति आवश्यक भएको उल्लेख गरे । नेपालको हिमाल, पहाड र तराईको पर्यटन प्रर्वद्धनका लागि बोर्डले छुट्टाछुट्टै योजना अघि सारेको जानकारी दिँदै उनले त्यसको लागि सरकारले नीतगत रुपमा सहजीकरण गरेर निजी क्षेत्रलाई आर्कषित गर्नु पर्ने रेग्मीको भनाइ छ । बोर्डका निर्वतमान कार्यकारी प्रमुख दिपकराज जोशीले मन्त्रालयगत बजेट कटौती गरेर पनि यसको पुनरुत्थानलाई बजेट बिनियोजन हुनु पर्ने उल्लेख गर्दै भिजा फ्रिको अवधारणा पनि आवश्यक रहेको बताए ।