January 21, 2022, Friday
७ माघ २०७८, शुक्रबार

वर्षको अन्तिम दिन घट्यो सुनचाँदीको मूल्य

वर्षको अन्तिम दिन घट्यो सुनचाँदीको मूल्य

चैत ३१, काठमाडौं ।
यस वर्षकै अन्तिम दिन नेपालमा सुनचाँदीको मूल्यमा सामान्य गिरावट भएको छ । मंगलबार सुनको मुल्य तोलामा १०० रुपैयाँले घटेको हो । आज छापावाल सुन प्रति तोला ८९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायीले जनाएको छ । अघिल्लो दिन यस्तो सुन प्रति तोला ८९ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

मंगलवार तेजाबी सुन प्रति तोला ८९ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन यस्तो सुन प्रति तोला ८९ हजार १ सय ५० रुपैयाँमा कारोबार भएको थियो । यस दिन चाँदी प्रति तोला १ हजार २ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । अघिल्लो दिन चाँदी १ हजार २ सय ७५ रुपैयाँमा कारोबार भएको थियो ।

Advertisement