March 29, 2024, Friday
१६ चैत्र २०८०, शुक्रबार

एक्सेल डेभलपमेन्ट बैंकको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटल नियुक्त

चैत ३१, काठमाडौं ।

एक्सेल डेभलपमेन्ट बैंकले निष्काशन गर्न लागेको ३० प्रतिशत हकप्रदका लागि एनआईबीएल एस क्यापिटललाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । बैंकले गत असार १४ गते सम्पन्न गरेको आफ्नो १४ औँ वार्षिक साधारणसभाबाट हकप्रद निष्काशनको अजेन्डा अनुमोदन गरेको थियो ।

उक्त सम्झौतामा एक्सेल डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश कुमार पोखरेल र एनआईबीएल एस क्यापिटलका नायव प्रमुख कार्यकारी अधिकृत मेख बहादुर थापा र एनआईबीएल एस क्यापिटलका ९सहायक महाप्रबन्धक सचिन्द्र ढुंगाना बीच हस्ताक्षर भएको छ ।
बैंकले १०ः३ को अनुपातमा हकप्रद निष्काशनको अजेन्डा पारित गरेको छ । यो हकप्रद १०० अंकित दरको सेयर पुँजी २४ करोड ३३ लाख ३६ हजार ३६७।४२ रुपैयाँ बराबरको हुनेछ, जसअनुसार बैंकले २४ लाख ३३ हजार ३६३।६७४२ कित्ता हकप्रद जारी गर्नेछ ।

Advertisement