April 25, 2024, Thursday
१३ बैशाख २०८१, बिहीबार

वर्षको अन्तिम दिन सेयर बजारले बनायो नयाँ रेकर्ड, कारोबार रकममा पनि सुधार

चैत ३१, काठमाडौं ।
यस वर्षको अन्तिम दिन नेप्से परिसूचक २७ सय अंक क्रस गरेर अर्को नयाँ रेकर्ड पनि कायम गरेको छ । आज परिसूचक २३.२३ अंकले बढेर २७ १४.७९ विन्दुमा आइपुगेको हो । विकास बैंक र वाणिज्य बैंक समूहको सूचकमा उच्च अंकको सुधार आएसँगै बजारले नयाँ रेकर्ड बनाएको छ । आज कारोबार रकममा पनि सुधार आएको छ । आज ७ अर्ब १४ करोड रुपैयाँको सेयर किनबेच भएको छ । २०९ कम्पनीको १ करोड ४६ लाख ९१ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको हो ।

समूहगत रुपमा हेर्दा बैंकिङ ४२, ब्यापार ६९, विकास बैंक ९५, जलविद्युत ३१ र फाइनान्स समूह ३ अंकले बढे। होटल तथा पर्यटन ६५, निर्जीवन बीमा ८८, उत्पादन २१, अन्य ७ माइक्रोफाइनान्स १४ र जीवन बीमा समूह ५१ अंकले घटेका छन् । एनआइसी एसिया लघुवित्त, माउन्टेन इनर्जी, ज्योति लाइफ, सिन्धु विकास बैंक, छ्याङ्दी हाइड्रोपावरको मूल्य १० प्रतिशतको हाराहारीमा बढ्यो । यस्तै ग्लोबल आइएमई लघुवित्त र लक्ष्मी लघुवित्तको मूल्य ४ प्रतिशतले घटेको छ ।

कारोबारका आधारमा यस दिन नबिल बैंक अग्रस्थानमा रह्यो । सो बैंकको २८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । दोस्रोमा नेपाल बैंक र तेस्रोमा एनआइसी एसिया बैंक रहेका छन् । नेपाल बैंकको २८ करोड र एनआइसी एसिया बैंकको २४ करोडको कारोबार भएको छ । त्यस्तै निफ्राको २१ करोड र नेपाल बंगलादेश बैंकको १८ करोड रुपैयाँको सेयर किनबेच भएको छ । त्यस्तै, अपि पावरको १७ करोड, कुमारी बैंकको १४ करोड, माथिल्लो तामाकोशी, ग्लोबल आइएमई बैंक र मेगा बैंकको करिब १३÷१३ करोड रुपैयाँको सेयर किनबेच भएको छ ।

Advertisement