January 21, 2022, Friday
७ माघ २०७८, शुक्रबार

५९ आरोही समूहले लिए आरोहण अनुमति, २८ करोड १२ लाख रुपैंया रोयल्टी सङ्कलन

५९ आरोही समूहले लिए आरोहण अनुमति, २८ करोड १२ लाख रुपैंया रोयल्टी सङ्कलन

चैत ३१, काठमाडौं ।
कोभिड–१९ महामारीको प्रतिकूल परिस्थितिका बावजुद पनि सर्वोच्च शिखर सगरमाथासहितका हिमाल आरोहण गर्न आरोहीले आरोहण अनुमति लिएका छन् । यसपाली नेपालका विभिन्न हिमाल आरोहण गर्न हालसम्म ५९ वटा टोलीले आरोहण अनुमति लिएका हुन् । जसमा ३ सय ६३ पुरुष र १ सय २ महिला गरी कूल ४ सय ६५ आरोही रहेको पर्यटन विभागले जनाएको छ ।

Advertisement

कोरोनाको बिपत्तिका बेला पनि नेपालमा हिमाल चढनकालागि विभिन्न मुलुकका आरोहीहरुले देखाएको उत्साह शन्तोषजनक भएको पर्यटन व्यवसायीहरुले बताएका छन । महामारीकै कारण अघिल्लो वर्षको वसन्त याममा पर्वतारोहण र पदयात्राले असर बेहोरेको सन्दर्भमा यस यामको हिमाल आरोहणले पर्यटन क्षेत्रमा उत्साह जगाएको हो । पर्यटन विभागका अनुसार वसन्त ऋतुमा विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि २९ वटा टिमले अनुमति लिएका छन् ।

Advertisement

जसमा २ सय १७ जना पुरुष तथा ५८ जना महिला गरी कूल २ सय ७५ जना आरोहीहरु छन । यसैगरी ल्होत्से हिमालका लागि अनुमति लिने ७ वटा टोलीमा ५५ जना छन । जसमा ४४ जना पुरुष र ११ जना महिला छन । यसैगरी अन्नपूर्ण र धवलागिरी हिमालमा चार चार वटा टोलीले प्रयास गर्दैछ । अन्नपूर्णमा ३६ जना पुरुष र ८ जना महिला गरी ४४ जनाले आरोहण अनुमति पाएका छन । यस्तै धवलागरीमा १९ जना पुरुष र ११ जना महिला गरी ३० जनाले आरोहण गर्दैछन । नुप्से हिमालमा ३ वटा टोली जादैंछ ।

त्यहाँ १९ जना पुरुषतथा ४ जना महिलाले आरोहण गर्दैछन । यसैगरी मनास्लु, आमादब्लम, मकालु, पुमोरी, तिलिचो र टुकुचेमा २८ जना पुरुषतथा १० जना महिला गरी ३८ जनाले आरोहण गर्नेछन । कोभिड महामारी जोखिमका बीच आरोहण अनुमति जारी हुनु र यसमा पनि विशिष्ठ पाहुनाको आरोहणले नेपालको साहसिक पर्यटन सुरक्षित रहेको सन्देश विश्वभर फैलाउन सहयोग पुग्ने अपेक्षा विभागले लिएको छ । बहराइनका राजकुमार शेखमोहम्मद हमाद मोहम्मद अल खलिफासहितको टोलीले पहिलो आरोहण अनुमति लिएको छ । नेपालस्थित सेभेन समिट ट्रेकमार्फत आरोहणको तयारी भइरहेको छ । बहराइन रोयल गार्ड (डिफेन्स फोर्स) मा कार्यरत १३ बहराइनी तथा तीन बेलायती रहने आरोही टोली छन् ।

पर्यटन विभागले उठायो २८ करोड १२ लाख रोयल्टी
पर्वतारोहणका लागि उपयुक्त मानिने वसन्त याममा सर्वाधिक आरोही सगरमाथासहित विभिन्न हिमाल आरोहणका लागि नेपाल आउने गर्छन् । हिमाल आरोहणबाट राज्यलाई रामै्र रोयल्टी जम्मा हुन्छ । यस यामको आरोहणमा असहज परिस्थितिका बीचमा पनि आरोहीको सङ्ख्या उत्साहवद्र्धक रहेको छ । यस याममा हिमाल आरोहण बापत पर्यटन विभागले हालसम्म २८ करोड १२ लाख ७५ हजार रुपैंया रोयल्टी सङ्कलन गरेको छ।

हिमाल आरोहणका लागि उपयुक्त मौसम वसन्तयाममा सगरमाथा सहितका विभिन्न चर्चित हिमालमा स्वदेशी तथा विदेशी आरोहीले सर्वाधिक आरोहण गर्छन् । सगरमाथा, अन्नपूर्ण, मनास्लुलगायतका उच्च हिमशृङ्खला आरोहीको रोजाइमा पर्छन् । मार्च, अप्रिल र मेको आरोहणका लागि मार्चदेखि बुकिङ शुरुआत भए पनि अप्रिलको दोस्रो सातासम्म विभागलाई अनुमति जारी गर्न भ्याइनभ्याइ हुन्छ । वसन्तयामको आरोहणका लागि विभागले यही चैत २ देखि आरोहण अनुमति जारी गरेको थियो