January 21, 2022, Friday
७ माघ २०७८, शुक्रबार

कोरोना बीमा बपत ५ अर्ब ८५ करोड भुक्तानी

कोरोना बीमा बपत ५ अर्ब ८५ करोड भुक्तानी

बैशाख २, काठमाडौं ।
कोरोना बीमा बापत हाल सम्म करिब ५ अर्ब ८५ करोड रुपैयाँ ३ भुक्तानी भएको छ । चैत ३० गतेसम्म कोरोना बिमा दाबी वापत ५ अर्ब ८५ करोड १५ लाख रुपैयाँ भुक्तानी भएको बिमा समितिले जनाएको छ । हालसम्म कोरोना बिमामा ९१ हजार ६७३ जनाले दाबीका लागि आवेदन दिएको बिमा समितिको तथ्यांकमा उल्लेख छ । जसमध्ये कोरोना बिमा दाबी बापत हालसम्म ६० हजार ५८७ जनाले भुक्तानी पाएका छन् । अर्थ मन्त्रालयले कोरोना बीमाको दाबी भुक्तानीलाई तिव्रता दिन निर्देशन दिए पछि बीमा समितिले कोरोना बीमा दावी भुक्तानीको कामलाई तिव्र रुपमा अघि बढाउन थालेको हो ।

आवेदन गरेकामध्ये ६६६ जनाले भने दाबी रकम नपाउने भएका छन् । प्रतीक्षा अवधिमा कोरोना संक्रमित भएका, नक्कली पीसीआर रिपोर्ट बुझाएका तथा दोहोरो आवेदन दिएकाहरूले दाबी रकम नपाउने भएका हुन् । कोरोना बीमासम्बन्धी मापदण्डअनुसार रू. ३ अर्ब ५० करोडभन्दा बढीको दाबी भुक्तानी सरकारको कोषबाट हुन्छ । कोरोना बीमाको दाबी भुक्तानीले यसअघि नै सो सीमा पार गरिसकेको छ । तर, दाबी भुक्तानी भने बीमा कम्पनीहरूले आफ्नै कोषबाट गर्दै आएका छन् । पछिल्लो पटक मन्त्रालयमा पीसीआर प्रतिवेदन स्वीकृतिका लागि ३७ हजार ३८६ आवेदन पठाइएको थियो । त्यसमा १८ हजार ५२७ आवेदन स्वीकृति भएर आइसकेको छ भने १८ हजार ८५९ ओटा आवेदन पीसीआर रिपोर्ट प्रमाणीकरणका लागि स्वास्थ्य मन्त्रालयमा छ । बाँकी आवेदनको पनि आवश्यक प्रक्रिया पूरा गरेर भुक्तानी दिइने बीमा समितिले जनाएको छ ।

नेपालमा संचालनमा रहका बीमा कम्पनीहरुले चालू आर्थिक वर्षको ८ महिनामा २० अर्ब २० करोड बीमा शुल्क आर्जन गरेका छन् । बीमा समितिकाअनुसार सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनीले फागुनमा मात्र २ अर्ब ३९ करोड बीमाशुल्क संकलन गरेका थिए । हाल निर्जीवन कम्पनीहरुको चुक्ताँ पुँजी रु १८ अर्ब ५० करोड रहेको छ भने कार्यरत कर्मचारीको संख्या ४ हजार ९ सय ५६ रहेको छ । त्यसैगरी, हाल मुलुकभर ९ सय २२ वटा निर्जीवन बीमा कम्पनीहरुको कार्यालय रहेका छन् । बीमा समितिले उपल्बध गराएको तथ्याङ्क अनुसार निर्जिवन बीमा कम्पनीहरुमध्ये सबैभन्दा धेरै बीमाशुल्क आर्जन गर्ने कम्पनी शिखर इनस्योरेन्स रहेको छ । कम्पनीले फागुन मसान्तसम्ममा २ अर्ब ६८ करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।

Advertisement