January 21, 2022, Friday
७ माघ २०७८, शुक्रबार

नबिल बैंकको स्मार्टएपमा कार्ड इन्टिग्रेसन सेवा सुरु

नबिल बैंकको स्मार्टएपमा कार्ड इन्टिग्रेसन सेवा सुरु


बैशाख २, काठमाडौं ।
नबिल बैंकले नबिल स्मार्टबैंक एपमा कार्ड इन्टिग्रेसन सुविधा सुरु गरेको छ। आफ्ना ग्राहकहरुलाई नयाँ पद्धतिको बैंकिङ्ग सुविधा उपलब्ध गराउने उद्देश्यले बैंकले उक्त सुविधा सुरु गरेको हो । अब ग्राहकहरुले आफ्नो कार्डको जानकारी जस्तै कार्ड स्टेटमेन्ट, कारोबारको विवरण, कार्ड ब्यालेन्स साथै कार्ड सक्रियता वा निष्क्रियता तथा कार्डमार्फत साइन अप जस्ता कार्यहरु नबिल स्मार्टबैंक एपद्वारा नै गर्न सक्नेछन्।

विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ महामारीको समयमा आफ्नो ग्राहकहरुको हित तथा आवश्यकतालाई मध्यनजर गर्दै स्वस्थ्य एवम सुरक्षित सुविधा प्रदान गर्ने उद्देश्यले नबिल बैंकले यो सुविधा डेविट, क्रेडिट, तथा प्रिपेड कार्डहरुमा उपलब्ध गराएको छ। नबिल बैंकको ११९ शाखा, १८५ एटीएम र १५ सयभन्दा बढी नबिल रेमिट एजेन्टहरु रहेको नबिल बैंकले नेपाली बैंकिङ्ग क्षेत्रमा नवीनतम सेवाको सुरुवात गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ्ग विकासको इतिहासमा कोशेढुङ्गाको रुपमा काम गर्दै आएको छ।

Advertisement