लक्ष्मी बैंकको १२८ औं शाखा कास्कीको लेखनाथमा
- वाणिज्य न्युज
- २ बैशाख २०७८
बैशाख २, काठमाडौं ।
लक्ष्मी बैंकले कास्कीको लेखनाथमा शाखा सञ्चालनमा ल्याएको छ । बैंकले आफ्नो १२८औँ शाखा पोखरा महानगरपालिकाको लेखनाथ (ताल चोक) मा सञ्चालनमा ल्याएको हो । उक्त शाखामार्फत् ग्राहकहरूको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ सेवाका साथै साना तथा लघु व्यवसायीमाझ वित्तीय पहुँच पु¥याउने लक्ष्य राखेको बैंकले जनाएको छ ।
योसँगै लक्ष्मी बैंकको सञ्जाल ४८ जिल्लामा १२८ शाखा, ६ एक्सटेन्सन काउन्टर र पाँच हस्पिटल सेवा काउन्टर, १५७ एटीएम, दुई हजार ५०० भन्दा बढी रेमिटेन्स् एजेन्ट तथा ६१ शाखारहित बैंकिङ एजेन्ट पुगेको छ ।

https://www.nta.gov.np/



-
घटना घटेको ३६ घण्टामा अभियुक्त पक्राउ गर्न सफल भए जिसी
१ आश्विन २०८० -
रिलायन्स फाइनान्स अव आफ्नै भवन कमलादीमा
४ आश्विन २०८० -
महँगियो सुन–चाँदीको मूल्य, कतिमा हुदैछ किनबेच ?
२९ भाद्र २०८० -
सरकार र चिकित्सक सङ्घबीच यस्ता भएका थिए ६ बुँदे सहमति
३१ भाद्र २०८०
प्रतिकृया दिनुहोस्