January 21, 2022, Friday
७ माघ २०७८, शुक्रबार

सिभिल बैंकका सीईओ गुरुङद्धारा राजीनामा

सिभिल बैंकका सीईओ गुरुङद्धारा राजीनामा

बैशाख २,काठमाडौं ।
सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) गोविन्द गुरुङले राजीनामा गरेका छन् । आफ्नो कार्यकाल सकिन ३ महिना बाँकी हुँदै उनले पदबाट राजीनामा दिएका हुन् । सञ्चालक समितिमा भने उनको राजीनामा पुगिसकेको छैन । सञ्चालक समितिका सदस्यहरुलाई अनौपचारिक रुपमा राजीनामाका बारेमा जानकारी भने गराइसकिएको छ ।

उनी सिभिल बैंकको ४ वर्षे कार्यकालको लागि २०७४ साउन १ गते सीईओ नियुक्त भएका थिए । गुरुङ २५ बर्षदेखि बैंकिङमा छन् । त्यसअघि उनी सिभिलको नायब प्रमुख कार्यकारी थिए । हिमालयन बैकबाट सिनियर अफिसरका रुपमा जागिर सुरु गरेका गुरुङले त्यहाँ ११ बर्ष विताए । ग्लोबल आइएमइ बैंकमा साढे तीन बर्ष काम गरेपछि उनी मेगा बैकमा डिजिएम भएका थिए । मेगा बैंकमा साढे दुई बर्ष विताएपछि गुरुङ सिभिल बैंकको नायव प्रमुख कार्यकारीका रुपमा भित्रिएका थिए ।

Advertisement