April 18, 2024, Thursday
६ बैशाख २०८१, बिहीबार

अनलाइनबाटै घरजग्गाको नक्शा हेर्न, राजस्व तिर्न सकिने

अनलाइनबाटै घरजग्गाको नक्शा हेर्न, राजस्व तिर्न सकिने

अनलाइनबाटै घरजग्गाको नक्शा हेर्न, प्रिन्ट गर्न र राजस्व तिर्न सकिने भएको छ । अनलाइनबाटै घरजग्गाको नक्सा हेर्न, प्रिन्ट गर्न र राजस्व तिर्न सकिने प्रणाली बिहीबारबाट शुरू भएको हो । । सेवालाई छिटो, प्रभावकारी र प्रविधिमैत्री बनाउन विभागले अनलाइन प्रणाली कार्यान्वयनमा ल्याएको हो । सुरुमा यो अनलाइन प्रणाली काठमाडौं उपत्यकाका नापी कार्यालयबाट उपलब्ध हुने र त्यसपछि विस्तारै देशभरका नापी कार्यालयबाट उपलब्ध हुने छ
कसरी यो सेवा लिने ?
सेवाग्राहीले https://merokitta.dos.gov.np/ वेबसाइटमा गएर लगइन गरी यो सेवा लिन सक्ने छन् । यसमा लगइन गर्न कुनै पनि युजर नेम र पासवर्ड चाहिँदैन् । यसमा सेवाग्राहीले आफ्नो नाम, सम्पर्क नम्बर, जग्गाधनी पुर्जामा हुने कित्ता नम्बरलगायत विवरण राख्नुपर्ने हुन्छ । विवरणलाई नापी कार्यालयले प्रमाणित गर्छ । प्रमाणित भएपछि मेरो कित्ताको साइटमा सेवाग्राहीले राखेको सम्पर्क नम्बरमा अनुरोध पूरा भयो भनी म्यासेज जानेछ । त्यसपछि सेवाग्राहीले महालेखा नियन्त्रकको कार्यालयमा अनलाइन प्रणालीमार्फत राजस्व भुक्तानी गर्न आबद्ध जुनसुकै सेवा प्रदायकबाट राजस्व तिर्न सक्नेछन् ।

Advertisement