January 15, 2025, Wednesday
२ माघ २०८१, बुधबार

स्वास्थ्यमा प्रतिकूल असर पुग्ने खाद्यान्न उत्पादन गर्ने २२ उद्योगको उत्पादनमा रोकियो

स्वास्थ्यमा प्रतिकूल असर पुग्ने खाद्यान्न उत्पादन गर्ने २२ उद्योगको उत्पादनमा रोकियो

पुष ३०, काठमाडौं ।
मानव स्वास्थ्यमा प्रतिकूल असर पुग्ने खाद्यान्न उत्पादन गरेको अभियोगमा २२ उद्योगको उत्पादनमा रोक लगाइएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले देशका विभिन्न स्थानमा स्थानमा सञ्चालित उद्योगको अनुगमन गरेलगत्तै ती उद्योगहरुको उत्पादनमा रोक छानविनलाई अझ तीब्र पारेको छ । बन्द उद्योगको अभियोग प्रमाणित भएमा खाद्य ऐन, २०२३ अनुसार कानुनी कारबाही हुने छ ।
नेपालको खाद्य ऐन तथा नियमावलीले मानव स्वास्थ्यमा प्रतिकूल प्रभाव पर्ने खाद्यान्न तथा पिउने पानी उत्पादन गरेको प्रमाणित भएमा ५० हजार जरिवाना र पाँच वर्षसम्मको जेल सजाय निर्धारण गरे अनुसार यि कम्पनीले पनि सोही अनुसारको कारवाही भोग्नु पर्ने छ ।
विभागले चालू आर्थिक वर्षको चौमासिक प्रतिवेदन सार्वजनिक गर्दै यस वर्ष १७९ उद्योगलाई नयाँ अनुज्ञापत्र दिएको छ भने ५३० को नवीकरण, ५३५ नयाँ उद्योग स्थापना गर्न सिफारिस गरेको छ । सात हजार ७७२ लाई आयात अनुमति प्रदान गरेको र ४९ खाद्य पदार्थका अनुमति अस्वीकृत गरेको विभागका महानिर्देशक डा. मतिना बैद्यले जानकारी दिनुभयो ।

Advertisement