January 17, 2022, Monday
३ माघ २०७८, सोमबार

दश हजार वित्तीय संस्थाका शाखा भएपनि चार स्थानीय तह अझै वित्तीय पहुँच बाहिर

दश हजार वित्तीय संस्थाका शाखा भएपनि चार स्थानीय तह अझै वित्तीय पहुँच बाहिर

बैशाख ३, काठमाडौं ।
नेपाल राष्ट्र बैंकले सबै स्थानीय तहमा वित्तीय पहुँच पुयाउने घोषणा गरेपनि अझै देशका चार स्थानीय तहमा वित्तीय पहुँच पुग्न सकेको छैन् । देशभर बैंक तथा फाइनान्स कम्पनीहरुको कुल शाखा संख्या १० हजार माथि नाघेपनि दुर्गम क्षेत्रमा शाखा कार्यलय पुग्न नसकेको हो । राष्ट्र बैंकका अनुसार ताप्लेजुङको मिक्वाखोला, धादिङको रुवीभ्याली, जाजरकोटको जुनीचाँदे र बझाङको काँडा गाउँपालिकामा कुनै पनि वाणिज्य बैंकको शाखा पुगेको छैन । वित्तीय सस्थाहरु शहर केन्द्रीत हुँदा हजारै शाखा भएपनि स्थानीय निकाय अझै वित्तीय क्षेत्रको पहँच बाहिर रहेको हो ।

Advertisement

राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय अवस्थासम्बन्धी चालू आर्थिक वर्षको आठ महिनाको विस्तृत प्रतिवेदनअनुसार देशभर देशभर बैंक तथा फाइनान्स कम्पनीहरुको कुल शाखा संख्या १० हजार चार सय ३० पुगेको हो । जसमध्ये वाणिज्य बैंकहरुको कुल शाखा संख्या चार हजार छ सय ३२, विकास बैंकहरुको एक हजार ६९, फाइनान्स कम्पनीहरुको दुई सय ५६ र लघुवित्त वित्तीय संस्थाहरुको चार हजार चार सय ७३ वटा शाखाहरु सञ्चालनमा रहेको राष्ट्र बैंकले जनाएको छ ।

Advertisement

राष्ट्र बैंकका अनुसार यसअघि अर्थात् २०७६ असार मसान्तसम्ममा बैंक तथा फाइनान्स कम्पनीहरुको कुल शाखा संख्या आठ हजार छ सय ८६ रहेको थियो भने २०७७ असार मसान्तमा यस्तो संख्या नौ हजार सात सय ६५ रहेको थियो । राष्ट्र बैंकका अनुसार २०७७ को फागुन मसान्तसम्ममा प्रदेश १ मा एक सय ३७ स्थानीय तह रहेकोमा एक सय ३६ स्थानीय तहमा बैंकहरुको शाखा पुगेको छ । प्रदेश २ मा पनि एक सय ३६ स्थानीय तह रहेकोमा एक सय ३६ स्थानीय तहमा नै बैंकहरुको शाखा पुगेको छ ।

वाग्मती प्रदेशमा एक सय १९ स्थानीय तह रहेकोमा एक सय १८ स्थानीय तहमा बैंकहरुको शाखा पुगेको छ । यसैगरी गण्डकी प्रदेशमा ८५ स्थानीय तह रहेकोमा ८५ स्थानीय तहमा बैंकहरुको शाखा पुगेको छ । लुम्बिनी प्रदेशमा पनि एक सय नौ स्थानीय तह रहेकोमा एक सय नौ नै स्थानीय तहमा नै बैंकहरुको शाखा पुगेको छ । यसैगरी कर्णाली प्रदेशमा ७९ स्थानीय तह रहेकोमा ७८ स्थानीय तहमा बैंकहरुको शाखा पुगेको छ । सुदूरपश्चिम प्रदेशमा भने ८८ स्थानीय तह रहेकोमा ८७ स्थानीय तहरुमा बैंकहरुको शाखा पुगेका छन् ।

हाल सञ्चालनमा रहेका २७ वाणिज्य बैंकहरुले सात सय ४९ स्थानीय तहमा शाखा विस्तार गरेका छन् । नेपाल सरकारले हरेक स्थानीय तहमा वित्तीय पहुँच पु¥याउने घोषणा गर्दै आए पनि अझै चार गाउँपालिका वित्तीय पहुँचबाहिरै रहेका छन् ।