April 19, 2024, Friday
७ बैशाख २०८१, शुक्रबार

पोखराबाट थप चार अन्तर प्रदेश उडान गर्दै बुद्ध एयर, यस्तो छ भाडादर

पोखराबाट थप चार अन्तर प्रदेश उडान गर्दै बुद्ध एयर, यस्तो छ भाडादर

बैशाख ५, काठमाडौं ।
निजी हवाई सेवा प्रदायक बुद्ध एयरले थप चार वटा नयाँ रुटमा अन्तर प्रदेश उडान गर्ने भएको छ । एयरले वैशाख १८ गतेदेखि पोखरादेखि सिमरा, बिराटनगर, नेपालगञ्ज र भरतपुरबाट भैरहवा उडान सुरु गर्ने भएको हो । बुद्ध एयरले पोखरा–सिमरा–पोखरा, पोखरा–बिराटनगर–पोखरा, पोखरा–नेपालगञ्ज–पोखरा, भरतपुर भैरहवा भरतपुर र तुम्लिङटार–विराटनगर–तुम्लिङटार रुटमा हवाई उडान शुरु गर्ने जनाएको छ । योसँगै बुद्ध एयरले विभिन्न ३४ वटा रुटमा दैनिक १२० उडान गर्ने जनाएको छ ।

हाल बुद्ध एयरले दैनिक १०० वटा उडान गर्दै आएको छ । यी गन्तव्यमा हुने उडानको भाडादरसमेत कम्पनीले सार्वजनिक गरेको छ । उक्त भाडा सबैभन्दा सस्तो हुने कम्पनीको भनाइ छ । बुद्ध एयरसँग हाल नौ वटा एटीआर–७२, तीनवटा एटीआर–४२ र दुई वटा विचक्राफ्ट गरी १४ जहाज छन् । बुद्धले अहिले भद्रपुर, तुम्लिङटार, विराटनगर, राजविराज, जनकपुर, सिमरा, भरतपुर, पोखरा, भैरहवा, नेपालगञ्ज, सुर्खेत र धनगढीमा उडान गरिरहेको छ । साथै, काठमाडौं र पोखराबाट माउन्टेन फ्लाइट गरिरहेको छ ।

नयाँ गतव्यको न्यूनतम भाडा यसप्रकार हुने छः
पोखरा-नेपालगञ्ज : रु ४५०० 
पोखरा-विराटनगर: रु ६०००
पोखरा-सिमरा: रु ४३००
पोखरा- भैरहवा: रु ३१००
भैरहवा-भरतपुर: रु २५००
विराटनगर-तुम्लिङटार: रु ३१००

Advertisement