March 28, 2024, Thursday
१५ चैत्र २०८०, बिहीबार

केकी अधिकारीलाई कोरोना पुष्टि भएपछि चलचित्र घिन्ताङको छायांकन रोकियो

केकी अधिकारीलाई कोरोना पुष्टि भएपछि चलचित्र घिन्ताङको छायांकन रोकियो

बैशाख ७, काठमाडौं ।
अभिनेत्री केकी अधिकारीलाइ कोरोना पुष्टि भएको छ । पहिलो पटक टेष्ट गर्दा कोरोना पोजिटिभ देखिएको थियो । तर त्यसमा विश्वास नलागेपछि फेरी परीक्षण गर्दा पनि नतिजा पोजेटिभ आएको उनले बताएकी छन् । दोश्रो पटक पनि कोरोना पोजिटिभको रिपोर्ट आएपछि केकी होम क्वारेन्टाइनमा छन् । अधिकारीलाई कोरोना पुष्टि भएसँगै घिन्ताङ चलचित्रको छायाँकन पनि रोकिएको छ ।

दिपक श्रेष्ठको निर्देशनमा तयार हुन लागेको चलचित्रको छायांकन सोमबारदेखि सुरु गर्ने निर्माणपक्षको योजना थियो । तर, केकीमा कोरोना संक्रमण देखिएसँगै छायांकन केही दिन पछि सारिएको हो । चलचित्रको छायांकन पनौतीबाट सुरु गर्ने तयारीमा यसको निर्माणपक्ष थियो ।

Advertisement