March 28, 2024, Thursday
१५ चैत्र २०८०, बिहीबार

नक्कली बिल प्रयोग गरी २ अर्ब १९ करोड राजश्व छली गर्ने १६ जनाविरुद्ध मुद्दा

नक्कली बिल प्रयोग गरी २ अर्ब १९ करोड राजश्व छली गर्ने १६ जनाविरुद्ध मुद्दा

वैशाख १०, काठमाडौं ।
झुट्टा तथा नक्कली बिल बिजक प्रयोग गरी २ अर्ब १९ करोड बढी राजश्व छली गर्ने १६ जना विरुद्ध दर्ता गरिएको छ । राजस्व अनुसन्धान विभागले शुक्रबार १३ फर्मका १६ सञ्चालक विरुद्ध पाटन उच्च अदालतमा मुद्दा दायर गरेको हो । ललितपुर महानगरपालिका वडा नं. १८ बस्ने अनिलकुमार गुप्ता र काठमाडौं वडा नं. १४ कुलेश्वरमा बस्ने प्रविण कुमार महतोलाई प्रमुख प्रतिवादी बनाइएको छ ।

गुप्ता अनिल गुप्ता एण्ड एशोसियटसका सञ्चालक हुन् भने महतो अंकुश ट्रेड एण्ड सप्लायर्सका प्रोपराइटर हुन् । उनिहरुसहित १३ फर्मका सञ्चालकलाई २ अर्ब १९ करोड ८७ लाख ९५ हजार ६१४ रुपैयाँ बिगो असुल गरी जरिवाना र कैद मागदावी गरिएको छ । प्रतिवादीहरूले विभिन्न फर्महरूको नाममा नक्कली तथा झुट्टा बिक्री बीजक जारी गरी उक्त फर्महरुबाट कर बीजक बमोजिमको रकम भुक्तानी लिई सो बीजक मार्फत असुल गरेको मूल्य अभिवृद्धि कर रकम सरकारी कोषमा दाखिला नगरी मूल्य अभिवृद्धि कर र आयकर समेतको राजस्व चुहावटको कसूर गरेको विभागको आरोप छ ।

Advertisement