October 25, 2021, Monday
८ कार्तिक २०७८, सोमबार

सेयर बजारमा ९२ अंकको उछाल आउँदा कारोवार ५ अर्ब १० करोडमा सिमित

सेयर बजारमा ९२ अंकको उछाल आउँदा कारोवार ५ अर्ब १० करोडमा सिमित

वैशाख १४, काठमाडौं ।
साताको तेस्रो दिन मंगलवार सेयर बजार ९२.४६ अंकले बढेको छ । उक्त अंकले बढेको नेप्से परिसूचक २ हजार ५९९.७ विन्दुमा पुगेको हो । साताको पहिलो कारोबार दिन आइतवार ७५.७९ अंक र सोमवार ६५.५८ अंक बजार घटेको थियोे । आज सेन्सेटिभ इन्डेक्स १४.४८ अंक बढ ४६७.२८ विन्दुमा पुगेको हो ।

Advertisement

मंगलवार नेप्से परिसूचकमा उच्च वृद्धि भएपनि कारोबार रकम भने सोमवारको भन्दा कम भएको छ । मंगलवार ५ अर्ब १० करोड ९० लाख ९६ हजार बराबरको १ करोड २ लाख २ हजार २१९ कित्ता शेयर कारोबार भएको छ । यो कारोबार २१६ ओटा कम्पनीको ६३ हजार ५५८ पटकको व्यापारमा भएको हो । सोमवार ६ अर्ब ५९ करोड ९ लाख २८ हजार बराबरको १ करोड २९ लाख ११ हजार ७२१ कित्ता शेयर कारोबार भएको थियो ।

Advertisement

आज बैंकिङ ४५, ब्यापार १९०, होटल तथा पर्यटन ३९, विकास बैंक ९३, जलविद्युत १५३, फाइनान्स ३५, निर्जीवन बीमा ५४३, उत्पादन २३९, अन्य ६९, माइक्रोफाइनान्स २३७, जीवन बीमा ५५८ र लगानी समूह ४ अंकले बढेका छन् । यस दिन माथिल्लो तामाकोसी, विशाल बजार कम्पनी, महिला लघुवित्त वित्तीय संस्था, युनाइटेड इन्स्योरेन्स, समिट लघुवित्त, मल्टिपर्पोज फाइनान्स र ग्लोबल आइएमई लघुवित्तको मूल्य करिब १० प्रतिशतले बढेको छ ।

गुडविल फाइनान्सको मूल्य भने २ प्रतिशतले घटेको छ । त्यस्तै चन्द्रागिरि हिल्को मूल्य पनि घटेको छ । कारोबारका आधारमा आज माथिल्लो तामाकोसी अगाडि रह्यो । उक्त कम्पनीको २३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै नबिल बैंक दोस्रो स्थानमा रह्यो । बैंकको मूल्य ३.८ प्रतिशतले बढेर प्रतिकित्ता १२७८ रुपैयाँ पुगेको छ ।