February 8, 2023, Wednesday
२५ माघ २०७९, बुधबार

पीसीआर परीक्षण गर्दा बढी शुल्क लिए यस्तो कारवाही हुँने

पीसीआर परीक्षण गर्दा बढी शुल्क लिए यस्तो कारवाही हुँने

वैशाख १४, काठमाडौं ।
स्वास्थ्य तथा जनसख्या मन्त्रालयले कोभिड–१९ पहिचानका लागि गरिने पीसीआर परीक्षणमा तोकिएको भन्दा बढी शुल्क नलिन आग्रह गरेकोे छ । मंगलबार मन्त्रालयका सह प्रवक्ता डा. समिरकुमार अधिकारीले एक विज्ञप्ति जारी गर्दै तोकिएकोभन्दा बढी शुल्क लिए परीक्षण सूचीबाट समेत हटाउने चेतावनी दिएका छन् ।

सरकारले सरकारी प्रयोगशालामा एक हजार र निजीमा दुई हजार शुल्क तोकेको छ । निजी प्रयोगशालाहरूले विभिन्न नाममा थप शुल्क लिएको गुनासो आएपछि यस्तो सूचना जारी गरिएको मन्त्रालयले जनाएको छ । विज्ञप्तिमा भनिएको छ, ‘तोकिएको शुल्कभन्दा कुनै पनि बहानामा थप शुल्क नलिन मन्त्रालय सम्बन्धित सबैमा पुनः जानकारी गराउँछ। यदि लिएको पाइएमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामार्फत् त्यस्ता प्रयोगशालाहरूलाई परीक्षणको सूचीबाट हटाइने छ ।’

Advertisement