February 8, 2023, Wednesday
२५ माघ २०७९, बुधबार

’ड्राइभिङ’ लाइसेन्सको अनलाइन आवेदन बिहीवारदेखि बन्द हुने

’ड्राइभिङ’ लाइसेन्सको अनलाइन आवेदन बिहीवारदेखि बन्द हुने

वैशाख १४, काठमाडौं ।
यातायात व्यवस्था विभागले आउँदो बिहीवारदेखि सवारी चालक अनुमति पत्र (लाइसेन्स) को अनलाइन आवेदन प्रणाली बन्द गर्ने भएको छ ।विभागले सूचना निकालेर कोरोना महामारीका कारण वैशाख १६ गते बिहीवारदेखि अर्काे सूचना नआएसम्मका लागि अनलाइन आवेदन प्रणाली बन्द गर्ने जानकारी गराएको हो ।

गएको वर्ष लकडाउन तथा निषेधाज्ञाले झण्डै १० महिनासम्म सवारी चालक अनुमति पत्रको परीक्षा रोकिँदा सेवाग्राहीको चाप बढेको थियो । महामारीबीच विभागले लाइसेन्सको परिक्षाका लागि अनलाइन आवेदन गर्ने व्यवस्था मिलाएको थियो। अहिले अनलाइन आवेदन दिएकाहरूको परीक्षा दिने पालो झण्डै आठ महिनापछि तोकिन थालेकोमा विभागले तत्कालका लागि आवेदन नै रोकेको हो ।

Advertisement