सुनको मुल्य ७०० रुपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ?
- वाणिज्य न्युज
- १५ बैशाख २०७८
270
SHARES
वैशाख १५, काठमाडौं ।
नेपाली बजारमा बुधवार (आज) सुनचाँदीको मूल्यमा गिरावट आएको छ । आज सुन तोलमा ७०० रुपैयाँले घटेको हो । जसअनुसार आज छापावाला सुन प्रतितोला ९० हजार ५ सय रुपैयाँ कायम भइ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलवार प्रतितोला छापावाला सुनको मूल्य ९१ हजार २ सय रहेको थियो ।
त्यस्तै आज तेजावी सुुनको मूल्य ९० हजार कायम भएको छ । महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले गिरावट आएको छ । मंगलवार चाँदीको मूल्य १३ सय १५ रहेको थियो भने आज मूल्यमा कमि आइ प्रतितोला चाँदी १३ सय ५ कायम भइ कारोबार भइरहेको छ ।
प्रतिकृया दिनुहोस्