April 18, 2024, Thursday
६ बैशाख २०८१, बिहीबार

नेपालको आर्थिक वृद्धिदर ३.१ % मा सीमित रहने एडीबीको प्रक्षेपण

नेपालको आर्थिक वृद्धिदर ३.१ % मा सीमित रहने एडीबीको प्रक्षेपण

वैशाख १५, काठमाडौं । एशियाली विकास बैंक(एडीबी) ले नेपालको कुल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १ दशमलव ९ प्रतिशतले सङ्कुचित भई ३ दशमलव ५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ ।बैंकले बुधवार जारी गरेको ‘एशियाली विकास परिदृश्य’अनुसार कोभिड–१९ को सङ्क्रमण घटेसँगै अर्थतन्त्रमा आएको केही सुधार र रोगको फैलावटले त्यसलाई पुनः प्रभावित तुल्याउने जोखिम बढेकाले प्रक्षेपण गरिएको आर्थिक वृद्धिदर हासिल गर्न कठिन हुनेछ ।     
     
 धानको उत्पादन वृद्धि हुने अपेक्षा गरिएकाले कृषि उत्पादकत्व २ दशमलव ४ प्रतिशतले बढ्ने तथा औद्योगिक क्षेत्रको वृद्धि २ दशमलव ५ प्रतिशत र सेवा क्षेत्रको बढोत्तरी ३ दशमलव ४ प्रतिशतले हुने अनुमान पनि बैंकले गरेको छ ।

मेलम्ची खानेपानी आयोजना पूरा भई काठमाडौँ उपत्यकामा जल प्रवाह भएको र माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले पहिलो चरणको उत्पादन प्रारम्भ गर्ने अनुमानका साथ निर्माण क्षेत्रले पनि अर्थतन्त्रमा भरथेग गर्ने विश्वास परिदृश्यमा व्यक्त गरिएको छ ।

Advertisement