February 8, 2023, Wednesday
२५ माघ २०७९, बुधबार

सेञ्चुरी बैंकको खुद नाफा ६०.८९ प्रतिशतले घट्यो

सेञ्चुरी बैंकको खुद नाफा ६०.८९ प्रतिशतले घट्यो

वैशाख १५, काठमाडौं ।
सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ३५ करोड ८१ लाख ५० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिस्कृत वित्तीय विवरण अनुसार गत आवको यसै अवधिको तुलनामा बैंकको नाफा ६०.८९ प्रतिशतले नाफा घटेको हो । बैंकले गत वर्ष ९१ करोड ५७ लाख ७९ हजार खुद नाफा आर्जन गरेको थियो ।

Advertisement

बैंकको वितरणयोग्य नाफा भने गत आवको यसै अवधिको तुलनामा ६६ प्रतिशतले बढेको छ । गत आवको यसै अवधिमा १३ करोड ४१ लाख १५ हजार रुपैयाँ रहेकोमा बढेर २२ करोड २९ लाख १ हजार रुपैयाँ कायम भएको छ । चुक्ता पूँजी ९ अर्ब ३ करोड ४४ लाख ३० हजार रुपैयाँ रहेको बैंकको ७.३६ प्रतिशतले पूँजी बढ्दा प्रतिशेयर आम्दानी ९.२२ रुपैयाँ घटेको छ । बैंकको प्रतिशेयर आम्दानी ५.२९ रुपैयाँ छ ।

Advertisement

चैत मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकले ८६ अर्ब ९८ करोड ५७ लाख रुपैयाँ निक्षेप संकलन गरी ७३ अर्ब ६६ करोड ७६ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । यसबाट बैंकले १ अर्ब ९१ करोड ७९ लाख रुपैयाँ खुद ब्याज आम्दानी र ४२ करोड २९ लाख ४३ हजार रुपैयाँ सञ्चालन नाफा आर्जन गरेको छ । यस अवधिमा बैंकको खुद ब्याज आम्दानी १४.८२ र सञ्चालन नाफा ६२.७४ प्रतिशतले घटेको छ । बैंकको निक्षेप संकलन ३३.१८, कर्जा लगानी २६.६८ प्रतिशतले बढेको छ ।

बैंकको आधार ब्याजदर २.५०, कोषको लागत २.०९ प्रतिशतले घटेको छ । बैंकको जगेडा कोषमा १ अर्ब ३८ करोड ४२ लाख र शेयरधनी कोषमा २२ करोड ४९ लाख ९२ हजार रुपैयाँ सञ्चित रहेको छ ।