February 8, 2023, Wednesday
२५ माघ २०७९, बुधबार

निषेधाज्ञामा वित्तीय क्षेत्र २ बजेसम्म खुल्ने, प्रत्येक एटीएम र शाखा सबै सञ्चालन हुने

निषेधाज्ञामा वित्तीय क्षेत्र २ बजेसम्म खुल्ने, प्रत्येक एटीएम र शाखा सबै सञ्चालन हुने


काठमाडौं । राजधानी उपत्यकासहित निषेधाज्ञा लागेका १३ जिल्लाका बैंक तथा वित्तीय संस्था बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म मात्र खुला हुने भएका छन् । राष्ट्र बैंक र बैंकरबीच बुधबार भएको छलफलपछि दिनमा चार घण्टा बैंक तथा वित्तीय सस्थाका शाखा खोल्ने सहमति भएको हो । सहमतिमा बैंकका सबै एटीएम र शाखा सञ्चालन हुने छन् । सरकारले लगाएको निषेधाज्ञाको अवस्था हेरेर आवश्यक निर्णय लिइने पनि छलफलमा निस्कर्ष निकालिएको छ ।
स्वास्थ मापदण्ड पुरा गरेर शाखा खोलिने पनि सहमति भएको छ । सहमतिमा सकभर सर्वसाधारणलाई अनलाइन कारोबार गर्न प्रोत्साहित गरिने समेत छ ।

Advertisement