पछिल्लो २४ घण्टामा ८१ हजारले काठमाडौं छाडे, २३ हजार भित्रिए
वैशाख १६, काठमाडौं ।
पछिल्लो २४ घन्टामा मात्रै ८१ हजार ५०२ जनाले काठमाडौं उपत्यका छाडेका छन् । सात हजार ३२२ साना–ठूला सवारी–साधनमार्फत उनीहरु बाहिरिएका हुन । सरकारले काठमाडौं उपत्यकामा आजदेखि लागू हुने गरी निषेधाज्ञा जारी गरेपछि उपत्यका छाडेर घर फर्किनेको संख्या बढेको हो । सोही अवधिमा २३ हजार ८ यात्रु उपत्यका भित्रिएका छन् ।
६ हजार ४ सय ३६ सवारी साधन भित्रिएका छन् । बाहिरिनेमा नागढुंगाबाट बढी छन् । उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले काठमाडौं उपत्यकामा बिहीबार बिहान देखि वैशाख २२ गतेसम्म निषेधाज्ञा जारी गरेको छ भने मन्त्रिपरिषद् बैठकले थप निर्णय गर्दै वैशाख मसान्तसम्मै निषेधाज्ञा जारी गर्ने निर्णय गरेको छ ।
आजदेखि प्रशासनले तोेकेका सवारी–साधनबाहेक अन्यलाई उपत्यका आउन रोक लगाइएको छ । यस अघि मंगलबार एकैदिन ५० हजार जनाले काठमाडौँ उपत्यकाका छाडेका थिए । गत वर्ष एक साताका लागि लगाइएको लकडाउन हप्तैपिच्छे बढेकाले त्यस्तै हुनसक्ने आशंकामा पढ्न र काम गर्न आएका व्यक्तिहरु उपत्यकाबाट बाहिरीएका हुन् ।
प्रतिकृया दिनुहोस्