March 28, 2024, Thursday
१५ चैत्र २०८०, बिहीबार

निषेधाज्ञाको पहिलो दिन, कति छ सुनचाँदीको मूल्य ?

वैशाख १६, काठमाडौं ।
नेपाली बजारमा बिहीवार (आज) सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । सरकारले उपत्यकामा निषेधाज्ञा लगाएको पहिलो दिन सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेको हो । जसअनुसार आज छापावाल सुन प्रतितोला ९० हजार ८०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसअघि बुधवार सुन प्रतितोला ९० हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । बिहीवार तेजावी सुन तोलामा ९० हजार ३०० रुपैयाँमा कारोबार भएको छ । यसैबीच बिहीवार चाँदीको मूल्य तोलामा १३ सय १५ रुपैयाँमा कारोबार भएको छ । यसअघि बुधबार चाँदी तोलामा १३०५ रुपैयाँमा कारोबार भएको थियो ।

Advertisement