October 25, 2021, Monday
८ कार्तिक २०७८, सोमबार

निषेधाज्ञा उल्लङ्घन गर्ने ४ सय ११ वटा सवारी साधन नियन्त्रणमा

निषेधाज्ञा उल्लङ्घन गर्ने ४ सय ११ वटा सवारी साधन नियन्त्रणमा

वैशाख १६, काठमाडौं ।
काठमाडौं उपत्यकाभित्र जारी निषेधाज्ञा उल्लङ्घन गर्ने ४११ वटा सवारी साधानलाई प्रहरीले नियन्त्रणमा लिएको छ । आज बिहानसम्म ट्राफिक प्रहरीले नियन्त्रणमा लिएका उक्त सवारी सधानमध्ये ३ सय २० वटा दुई पाङ्ग्रे सवारी साधन रहेका छन् । यसरी नियन्त्रणमा लिएको सवारी साधनलाई प्रहरीले साँझ ७ बजेसम्म राखेर मात्र फिर्ता गर्ने जानकारी दिएको छ ।

त्यस्तै, मास्क नलगाई हिँड्ने मानिसलाई समेत ट्राफिक प्रहरीले नियन्त्रणमा लिइएको छ । काठमाडौंमा ६७० जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ । त्यस्तै ललितपरमा ५७२ र भक्तपुरमा १७५ जनालाई नियन्त्रणमा लिएको छ । अहिले काठमाडौं उपत्यकाभित्र ३२ सय प्रहरी खटाइएको छ।

Advertisement