August 9, 2022, Tuesday
२४ श्रावण २०७९, मंगलवार

प्रभु इन्स्योरेन्सद्धारा १०.५३ % लाभांश प्रस्ताव

प्रभु इन्स्योरेन्सद्धारा १०.५३ % लाभांश प्रस्ताव

वैशाख १६, काठमाडौं ।

Advertisement

प्रभु इन्स्योरेन्स लिमिटेडले आफ्नो २५ औँ वार्षिक साधारण सभा बोलाएको छ। वैशाख १५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गरेको निर्णयानुसार सभा जेठ ६ गते बिहीबार काठमाडौंको तीनकुनेस्थित प्रभु कम्प्लेक्समा बिहान ११ बजेबाट सुरु हुने भएको हो ।

Advertisement

सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम गत आर्थिक वर्षको मुनाफाबाट १०.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । जसमा १० प्रतिशत बोनस सेयर र बाँकी ०.५३ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) रहेका छन् ।

त्यसैगरी, सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७६/७७ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गर्ने छ । 

साथै आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डाहरू सभामा छलफल गरी पारित गरिने कम्पनीले जनाएको छ ।

कम्पनीले वार्षिक साधारणसभा प्रयोजनका लागि कम्पनीले वैशाख २६ गतेदेखि बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले वैशाख २५ गतेसम्म कायम सेयरधनीहरुमा मात्र लाभांश पाउन र सभामा भाग लिन सक्नेछन् ।