निषेधाज्ञाको समयमा पनि खाद्यान्न विक्री गर्दै खाद्य व्यवस्था तथा व्यापार कम्पनी
वैशाख १६, काठमाडौं ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनीले निषेधाज्ञाको समयमा उपत्यकाका चार वटा बिक्री केन्द्र खुला गरी खाद्यान्न बिक्री गर्ने भएको छ । कम्पनीले थापाथली, नख्खु, रामशाहपथ र सूर्यबिनायक बिक्री कक्षबाट खाद्यान्न बिक्री गर्ने भएको हो । कम्पनीले एक सुचना जारी गर्दै उपभोक्ताको सहजताका लागि कार्यालयहरु निश्चित समय तोकेर सञ्चालन गरी सुपथ मूल्यमा खाद्यान्न बिक्री गर्ने जानकारी दिएको छ ।
कम्पनीका अनुसार रामशाहपथ र सूर्यबिनायक बिक्री केन्द्र बिहान ७ देखि ११ बजेसम्म सञ्चालन हुनेछ भने नख्खुबाट बिहान ७ बजेदेखि साँझ पाँच बजेसम्म खाद्यान्न बिक्री गरिनेछ । थापाथलीमा रहेको प्रादेशिक बिक्री केन्द्रबाट भने तीन सिफ्टमा गरी दिनभर खाद्यन्न बिक्री गरिने छ । बिक्री कक्षबाट बासमती चामल, जुम्ली मार्सी चामल, कर्णालीको सिमी, खाने तेल, घ्यु र स्यानिटाइजर बिक्री गरिने कम्पनीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्