October 25, 2021, Monday
८ कार्तिक २०७८, सोमबार

निषेधाज्ञामा पेट्रोलपम्प खुला रहने

निषेधाज्ञामा पेट्रोलपम्प खुला रहने

वैशाख १६, काठमाडौं ।
निषेधाज्ञाका समयमा गुड्ने अत्यावश्यक क्षेत्रका सवारीसाधनलाई सहजै पेट्रोलियम पदार्थ उपलब्ध गराउने उद्देश्यले काठमाडौं उपत्यकाभित्र रहेको पेट्रोलपम्प खुला रहने भएका छन् ।

Advertisement

निषेधाज्ञाको समयमा पेट्रोलियम पदार्थ सहज र सरलरूपमा बिक्री वितरण गर्न काठमाडौं, भक्तपुर र ललितपुर जिल्लामा रहेका पेट्रोलपम्प खुला रहने नेपाल आयल निगमले जनाएको छ ।

Advertisement

उपत्यकामा पेट्रोलियम पदार्थको आपूर्तिलाई सहज बनाउन थानकोटस्थित वाग्मती प्रादेशिक कार्यालय खुला रहेको पनि निमगका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए ।

उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीले बिहीवारदेखि लागू हुने गरी कोरोना संक्रमण रोक्न भन्दै निषेधाज्ञाको घोषणा गरेका छन् । निषेधाज्ञा लागू हुने भएपछि बुधवार राजधानीको अधिकांश पेट्रोलपम्पमा उपभोक्ताको ठूलो लाइन लागेको थियो । रासस