October 25, 2021, Monday
८ कार्तिक २०७८, सोमबार

साताको अन्तिम कारोबार दिन २५ अङ्कले बढ्यो नेप्से, ४ अर्ब ३५ करोडको कारोबार

साताको अन्तिम कारोबार दिन २५ अङ्कले बढ्यो नेप्से, ४ अर्ब ३५ करोडको कारोबार

वैशाख १६, काठमाडौं ।
साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक २५.८३ अङ्कले बढेर २ हजार ६११.११ बिन्दुमा उक्लिएको छ । बुधवार १३ दशमल ७९ अंकले घटेर २ हजार ५८५ दशमलव २८ विन्दुमा बन्द भएको थियो । पछिल्लो समय लगानीकर्ताहरूको मन अस्थिर हुँदा बजारमा निकै उतारचढाव देखिएको छ ।

Advertisement

उपत्यकामा जारी निषेधाज्ञाका कारण शेयर कारोबारका लागि अनलाईन कारोबार प्रणाली अनिवार्य गरिएको छ । बिहीवार ४ अर्ब ३५ करोड ७० लाख १९ हजार बराबरको ९८ लाख १८ हजार ४६ कित्ता शेयर कारोबार भएको छ । २१७ ओटा कम्पनीको ५० हजार ६७३ पटकको व्यापारमा उक्त रकम बराबरको शेयर कारोबार भएको हो । बुधवारको तुलनामा यसदिन कारोबार रकम बढी भएको हो ।

Advertisement

बुधवार ३ अर्ब ९९ करोड ४ लाख ३१ हजार रुपैयाँ बराबरको ८९ करोड ६५ लाख ५८८ कित्ता शेयर कारोबार भएको थियो । नेप्से बढेसँगै बजार पूँजीकरण रकम पनि बढेर ३६ खर्बमा उक्लिएको नेप्सले जनाएको छ । आज कारोबारमा आएका लगानी र होटल तथा पर्यटन समूहबाहेक सबै समूहको परिसूचकमा हरिायली छाएको छ । यसदिन बैंक समूहको परिसूचक ०.४३ प्रतिशत, विकास बैंक समूहको ०.९८ प्रतिशत, वित्त समूहको ०.४२ प्रतिशत र जलविद्युत समूहको ३.२१ प्रतिशतले परिसूचक बृद्धि भएको छ ।

यसैगरी जीवन बीमा समूहको ०.८५ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहको १.८७ प्रतिशत, म्युचुअल फण्ड समूहको ०.०९ प्रतिशत, लघुवित्त समूहको ०.८६ प्रतिशत, निर्जीबन बीमा समूहको ०.९८ प्रतिशत, व्यापरिक समूहको ३.५७ प्रतिशत र अन्य समूहको २.५४ प्रतिशतले परिसूचक बृद्धि भएको छ । आज महिला लघुवित्त वित्तीय संस्था र सिङ्गटी हाइड्रोको शेयरमूल्य सर्वाधिक बढी १० प्रतिशतले बृद्धि भएको छ भने विशाल बजार कम्पनीको पनि ९.९९ प्रतिशतले शेयरमूल्य बृद्धि भएको छ । बढेको बजारमा श्री इन्भेष्टमेन्ट फाइनान्सका लगानीकर्ताहरुले सबैभन्दा बढी २.८२ प्रतिशतले गुमाएका छन् भने नेपाल हाइड्रोको शेयरमूल्य पनि २.३० प्रतिशतले घटेको छ ।

बिहीबारको कारोबार रकममा एनसिसि बैंकको हिस्सा सर्वाधिक रहेको उक्त कम्पनीको ३० करोड ९६ लाख ९४ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको हो । त्यस्तै, शिवम् सिमेन्टको पनि १८ करोड ७२ लाख २२ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।