हवाइमार्ग प्रयोग गरेर ५४ सय यात्रु बाहिरिदा २८ सय उपत्यका भित्रिए
- वाणिज्य न्युज
- १६ बैशाख २०७८
348
SHARES
काठमाडौं– काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी भएको पहिलो दिन आन्तरिक हवाइमार्ग प्रयोग गरेर ५४ सय यात्रु बाहिरिएका छन् । यस दिन २ हजार ८१६ यात्रु काठमाडौं भित्रिएका छन् । सवारी साधनलाई सरकारले राकेपछि हवाइयात्रा गर्नेको संख्या बढेको हो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार बिहीबार साँझसम्म हवाइमार्गबाट ५ हजार ४५३ ले काठमाडौं छाडेका हुन् । आज एकै दिन १०४ आन्तरिक उडान भएको विमानस्थलले जनाएको छ ।
नेपाल एयरलाइन्सले ४, बुद्धले ४८,यतिले २७, ताराले ५, श्रीले १५ र सम्मिटले ५ उडान गरेको विमानस्थलले जनाएको छ ।
प्रतिकृया दिनुहोस्