October 25, 2021, Monday
८ कार्तिक २०७८, सोमबार

यस्तो छ आज तरकारी र फलफूलको नयाँ मूल्य [हेर्नुहोस् सूची]

यस्तो छ आज तरकारी र फलफूलको नयाँ मूल्य [हेर्नुहोस् सूची]


काठमाडौँ ÷ कालीमाटी फलफूल तथा तरकारी बजार बिकास समितिले आजको लागि नयाँ मूल्य कायम गरेको छ । समितिका अनुसार आज तरकारीमा आलु रातोको औसत मूल्य प्रतिकेजी ४७.५० रुपैयाँ, आलु रातो (भारतीय)को ३२.५० रुपैयाँ, काउली स्थानिय ४५ रुपैयाँ काक्रो (लोकल) ७५ रुपैयाँ पर्नेछ । भने प्याज सुकेको (भारतीय) ४० रुपैयाँ र हरियो प्याज ८५ रुपैयाँ पर्ने मूल्य तोकिएको छ । त्यस्तै, गोलभेडा २२.५० रुपैयाँ, राजमा ७५ रुपैयाँ, लोकल सिमि ४५ रुपैया, चमसुरको साग ७५ रुपैयाँ पर्नेछ । त्यस्तै, आज अदुवाको औसतमूल्य प्रतिकेजी ८० रुपैयाँ, लसुन सुकेको चाइनिज २४५ रुपैयाँ, लसुन सुकेको नेपाली ११० रुपैयाँ र लसुन हरियो ६५ रुपैयाँ पर्नेछ । आज फलफूलहरुमा मालदह आँपको ८० रुपैयाँ प्रतिकेजी, कालो अंगुर ३२५ रुपैयाँ, हरियो अंगुर २१० रुपैयाँ, अनार ३१० रुपैयाँ तोकिएको छ ।

विस्तृतमा हेर्नुस्

Advertisement