October 25, 2021, Monday
८ कार्तिक २०७८, सोमबार

रुपन्देहीमा निषेधाज्ञा उल्लंघनको आरोपमा तीन जना जेल चलान

रुपन्देहीमा निषेधाज्ञा उल्लंघनको आरोपमा तीन जना जेल चलान

वैशाख १७, काठमाडौं ।
निषेधाज्ञा उल्लंघन गरेको आरोपमा प्रहरीले रुपन्देहीमा तीन जनालाई एक महिनाका लागि जेल चलान गरेको छ । जिल्ला प्रशासन कार्यालय रुपन्देहीबाट जारी भएको उल्लंघन गरेको भन्दै प्रहरीले बिहीवार ८ जनालाई नियन्त्रणमा लिई संक्रामक रोग ऐन २०२० को दफा ३ को उपदफा २ बमोजिम सजाय सुनाएको थियो । तीमध्ये ५ जना जरिवाना बुझाएर छुटे भने अरू ३ जनाले जरिवाना बुझाउन नसकेपछि कारागार चलान गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

निषेधाज्ञा उल्लंघन गर्ने ७ पुरुष र १ महिलालाई सम्झाइबुझाइ गर्दा प्रहरी अधिकृतलाई समेत काममा बाधा पु¥याएको भन्दै उनीहरुलाई कैद सजाय माग गर्दै जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा पठाएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डीएसपी सत्यनारायण थापाका अनुसार ४ जना पुरुष र १ महिला गरी ५ जनाले कैद र जरिवाना वापतको रकम दाखिला गरेका कारण छोडिएको र अन्य ३ जनाले सो बराबरको जरिवाना रकम तिर्न नसकी कारागार चलान गरिएको हो ।

कारागार चलान भएकाहरुमा रुपन्देहीको मायादेवी गाउँपालिका–४का २७ वर्षीय दिनेश यादव, सिद्धार्थनगर नगरपालिका–८ का २८ वर्षीय श्याम दुबे र मायादेवी–२ का ३४ वर्षीय महेन्द्र कोहार रहेका छन् ।

Advertisement