August 9, 2022, Tuesday
२४ श्रावण २०७९, मंगलवार

सुनको मुल्य ९ सय रुपैयाँले घट्यो, कतिमा हुदैछ कारोबार ?

सुनको मुल्य ९ सय रुपैयाँले घट्यो, कतिमा हुदैछ कारोबार ?

काठमाडौं ।
नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ । आज सुन तोलामा ९०० रुपैयँले घटेको हो । जसअनुसार शुक्रबार सुन प्रतितोला ८९ हजार ९०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसअघि बिहिबार सुन प्रति तोला ९० हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै तेजाबी सुनको मूल्य शुक्रबार प्रति तोला ८९ हजार ४५० रुपैयाँ कायम भएको छ ।
शुक्रबार चाँदीको मूल्यमा पनि गिरावट आएको छ । महासंघका अनुसार शुक्रबार नेपाली बजारमा चाँदी प्रति तोला २० रुपैयाँले गिरावट आउँदै एक हजार २९५ रुपैयाँ कायम भएको छ ।

Advertisement