October 25, 2021, Monday
८ कार्तिक २०७८, सोमबार

निषेधाज्ञा अवधिभर सुनचाँदीको कारोबार प्रभावित हुने

निषेधाज्ञा अवधिभर सुनचाँदीको कारोबार प्रभावित हुने

वैशाख १७, काठमाडौं ।
कोरोना महामारीको दोस्रो लहरका कारण काठमाडौं उपत्यकालगायत देशका विभिन्न सहरहरुमा जारी निषेधाज्ञाका कारण सुनचाँदीको कारोबार प्रभावित भएको छ । महामारीका कारण सुनचाँदी आयातमा गर्न कठिन हुने भएकाले कारोबार प्रभावित हुने भएको हो । बैंकहरुले सुरक्षाको कारण देखाउँदै सुन आयात गर्न अप्ठ्यारो हुने जनाएकाले सुन आयात हुन पनि कठिनाइ भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

निषेधाज्ञा अवधिभर महासंघको कार्यालय बन्द गर्ने निर्णय गरिए पनि केही जिल्लामा कारोबार भइरहेकोले सुनचाँदीको दरभाउ भने तोक्दै आएको महासंघका महासचिव धर्मसुन्दर बज्राचार्यले बताए । मोफसलका केही जिल्ला र सहरहरु मात्र खुलेकाले दैनिक २० किलो सुन ल्याउन आवश्यक नदेखिएको उनको भनाई रहेको छ ।

अहिले रोकिएको सुनको आयातलाई व्यवसाय पुनः सञ्चालनमा आएपछि निरन्तरता दिँदा अहिले रोकिएको समेत गरी थप सुन व्यवसायीकै हातमा पर्न जाने उनले बताए । तर, अहिले पनि पहिला जसरी दैनिक २० केजीका दरले नै सुन वितरण गर्दा सीमित व्यक्तिको हातमा त्यो सुन पर्ने तर वास्तविक व्यवसायी र उपभोक्ताले नपाउने अवस्था आउनसक्ने आशंका व्यवसायीहरूको छ ।

Advertisement