March 29, 2024, Friday
१६ चैत्र २०८०, शुक्रबार

हिमालयन जनरलको साधारणसभा जेठ २८ मा हुुँने, ६.७५ प्रतिशत लाभांश अनुमोदन गरिने


काठमाण्डौ । हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो २७ औँ वार्षिक साधारणसभा आउँदो जेठ २८ गते आयोजना गर्ने निर्णय गरेको छ । कम्पनी सञ्चालक समितिका वैशाख १७ गते बसेको बैठकले वार्षिक साधारणसभासभा काठमाण्डौको थापागाउँस्थित कम्पनीको केन्द्रीय कार्यालयमा भर्चुअल माध्यमबाट गर्ने भएको हो । लाभांश र सभा प्रयोजनका लागि कम्पनीले आउँदो जेठ १३ गतेदेखि जेठ २८ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको हो ।

सभाले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्तावित कुल ६.७५ प्रतिशत लाभांश अनुमोदन गर्नेछ । जसमा ३.७५ प्रतिशतले हुन आउने नगद लाभांश (लाभांश करसहित) र ३ प्रतिशतले हुन आउने बोनस सेयर रहेका छन् । बोसन सेयर जारीपछि सोहीअनुसार प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने विशेष प्रस्ताव पनि सभाले पारित गर्नेछ ।

Advertisement