October 25, 2021, Monday
८ कार्तिक २०७८, सोमबार

आन्तरिक हवाई उडान ५० प्रतिशतले घट्यो

आन्तरिक हवाई उडान ५० प्रतिशतले घट्यो

वैशाख १९,काठमाडौं ।
निषेधाज्ञाको चौथो दिन आईतबार आन्तरिक हवाई उडान ५० प्रतिशतले घटेको छ । आन्तरिक हवाई कम्पनीले यात्रु कम भएपछि उडान ५० प्रतिशतले घटाएका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले तयार पारेको विवरणअनुसार आइतबार नेपाल वायुसेवा निगमले, बुद्ध एयर, यती एयरलाइन्स, तारा एयर, श्री एयरलाइन्स, समिट एयरलाइन्सलगायत वायुसेवा कम्पनीले ७७ वटा उडान गर्नेछन् ।

आईतबार नेपाल वायुसेवा निगमले ४ उडान गर्नेछ । त्यस्तै, बुद्ध एयर ३६, यती एयरलाइन्स १८, तारा एयर ४, श्री एयरलाइन्सले १२ र समिट एयरलाइन्सले तीन उडान गर्नेछन् । यसअघि गत बुधबार सबैभन्दा धेरै २ सय ९४ वटा उडान भएको थियो ।

त्रिभुवन विमानस्थलको आन्तरिक टर्मिनलबाट बुधबार अहिलेसम्मकै बढी यात्रुले उडान गरेका थिए । विमानस्थल कार्यालयका अनुसार बुधबार १५ हजार यात्रुले ओहोरदोहोर गरेका हुन् । निजी वायुसेवा कम्पनी बुद्ध एयरमार्फत आठ हजार दुई सय यात्रु उडेका थिए । यस्तै यतीले बुधबार ३८ उडान गरेको थियो ।

Advertisement