February 8, 2023, Wednesday
२५ माघ २०७९, बुधबार

मारुती ‘ओपीसी सिमेन्ट’ उत्पादन गर्ने पहिलो कम्पनी बन्न सफल

मारुती ‘ओपीसी सिमेन्ट’ उत्पादन गर्ने पहिलो कम्पनी बन्न सफल

मारुती सिमेन्ट नेपालकै पहिलो ५३ ग्रेडको ओपीसी सिमेन्ट बनेको कम्पनीले जनाएको छ । पूर्वाञ्चको उदयपुर पहाडी रेन्जमा रहेको आफ्नै चुनढुंगा खानीबाट अत्याधुनिक जर्मन टेक्नोलोजीद्वारा अन्तर्राष्ट्रिय स्तरको सर्वोत्कृष्ट ओपीसी सिमेन्ट (मारुती सिमेन्टको उत्पादन भइरहेको छ । सरकारले ग्रेड उल्लेख गर्न मिल्ने निर्णय गरेपछि कम्पनीले नेपाल गुणस्तर तथा नापतौल विभागबाट ५३ ग्रेड पाएको हो । यसअघि नै कम्पनीले ४३ ग्रेडको गुणस्तरीय ओपीसी सिमेन्टको मान्यता पाइसकेको छ । मारुती सिमेन्ट आजभन्दा १५ वर्ष अगाडि नै नेपालकै पहिलो तथा निजीस्तरको सबैभन्दा ठूलो सिमेन्ट उत्पादन गर्ने स्वदेशी उद्योगको रूपमा स्थापना भएको थियो ।

Advertisement