October 25, 2021, Monday
८ कार्तिक २०७८, सोमबार

बढी नाफा खाएर माक्सको विक्री गर्ने सप्लायर्सलाई २ लाख जरिवाना

बढी नाफा खाएर माक्सको विक्री गर्ने सप्लायर्सलाई २ लाख जरिवाना

सस्तोमा मास्क खरीद गरेर बढी मुल्यमा विक्री गर्ने सप्लायर्सलाई कारवाही गरेको छ । त्रिपुरेश्वरको अल फाइन सर्जिकल सप्लायर्सलाई कारबाही गरेको आपूर्ति वाणिज्य तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ । विभागका अनुसार बिक्रेतालाई दुई लाख जरिवाना गरिएको छ ।

चार रुपैयाँ ४६ पैसा (थोक) मा डिस्पोजेबल मास्क किनेर ८ रुपैयाँ ३८ पैसामा बिक्री गर्ने बिक्रेतालाई कारबाही गरेको छ । प्रति पिस चार रुपैयाँ मुनाफा कमाएको पाइएको छ । नेपालको वाणिज्य ऐनमा २५ प्रतिशत भन्दा बढी नाफा खाएर समानको विक्री गर्न पाइदैन् ।

Advertisement