March 29, 2024, Friday
१६ चैत्र २०८०, शुक्रबार

बैङ्क तथा वित्तीय संस्थालाई राष्ट्र बैङ्कको ७ बुँदे निर्देशन (पत्र सहित)

बैङ्क तथा वित्तीय संस्थालाई राष्ट्र बैङ्कको ७ बुँदे निर्देशन (पत्र सहित)

वैशाख १९, काठमाडौं ।
राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले आज ७ बुँदे निर्देशन जारी गर्दै पूर्ण सजगताका साथ कारोबार सञ्चालन गर्न इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थाहरूलाई निर्देशन दिएको छ । आइतबार एक सूचना जारी गर्दै केन्द्रिय बैङ्कले बैङ्क तथा वित्तीय संस्थालाई सात बुँदे निर्देशन दिएको हो । राष्ट्र बैङ्कले २५ प्रतिशतभन्दा कम कर्मचारी राखेर बैंकिङ सेवा दिन निर्देशन दिएको छ । निर्देशनमा कार्यालयमा उपस्थित नभइ कार्य सम्पादन गर्न नसकिने कामका लागि मात्र कर्मचारी बोलाएर काम गर्न भनिएको छ ।

निषेधाज्ञा जारी भएको स्थानमा केन्द्रिय कार्यालयको हकमा २० प्रतिशतभन्दा कम कर्मचारी र शाखा कार्यालयको हकमा २५ प्रतिशतभन्दा कम कर्मचारी राखेर काम सुचारु गर्न राष्ट्र बैङ्कले आग्रह गरेको छ । प्रविधिको उच्चतम प्रयोग गर्दै वर्क फ्रम होमलाई जोड दिन पनि बैङ्क तथा वित्तीय संस्थालाई भनेको छ । फेस टु फेस बैंकिङ सेवाभन्दा विद्युतीय माध्यमबाट सेवा प्रदान गर्न केन्द्रिय बैङ्कको निर्देशन छ । यस अघि राष्ट्र बैंकले ९ बुँदे निर्देशन जारी गर्दै पूर्ण सजगताका साथ कारोबार सञ्चालन गर्न बैंक तथा वित्तीय संस्थाहरूलाई निर्देशन दिएको थियो ।

Advertisement