February 8, 2023, Wednesday
२५ माघ २०७९, बुधबार

नेप्से ५२ अंकले बढ्दा सवा ७ अर्बको कारोबार

नेप्से ५२ अंकले बढ्दा सवा ७ अर्बको कारोबार

वैशाख १९, काठमाडौं ।
साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार परिसूचक नेप्से ५४ अंकले बढेको छ । उक्त अंकले बढेको परिसूचक २ हजार ६६५ दशमलव ११ विन्दुमा पुगेको छ । बजार परिसूचकसँगै कारोबार रकम पनि बढेको छ । गएको बिहिबार ४ अर्बबाट तल झरेको कारोबार रकम आज सवा ७ अर्ब नाघेको छ । १ करोड ५८ लाख ३२ हजार ४०३ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ३६ करोड ८ लाखको कारोबार भएको हो ।

Advertisement

यसदिन कारोबारमा आएका १३ ओटा समूहगत परिसूचक बढ्दा अन्य समूहको परिसूचक सर्वाधिक ४ दशमलव ६३ प्रतिशत बढेको छ । त्यस्तै बैंकिङ्गको १ दशमलव १२ प्रतिशत, व्यापारिकको २ दशमलव ११ प्रतिशत, होटल्स तथा पर्यटन समूहको ३ दशमलव ३८ प्रतिशत, विकास बैंकको १ दशमलव ३५ प्रतिशत, जलविद्युतको १ दशमलव ४७ प्रतिशत परिसूचक बढेको छ ।

Advertisement

त्यसैगरी वित्तको १ दशमलव ३ प्रतिशत, निर्जीवन बीमा समूहको ३ दशमलव ४७ प्रतिशत, उत्पादन तथा प्रशोधनको २ दशमलव ६३ प्रतिशत, लघुवित्तको २ प्रतिशत, जीवन बीमाको ३ दशमलव ७४ प्रतिशत, म्युचुअल फण्डको शून्य दशमलव ३२ प्रतिशत र लगानी समूहको शून्य दशमलव ७७ प्रतिशत परिसूचक बढेको छ । आइतवार तीन ओटा कम्पनीको शेयरमूल्य सर्वाधिक बढेको छ ।

विशाल बजार कम्पनी र महिला लघुवित्तको ९ दशमलव ९८ प्रतिशत र सिंगटी हाइड्रो इनर्जीको ९ दशमलव ९२ प्रतिशत शेयरमूल्य बढेको हो । आज कारोबार रकमका आधारमा एनसीसी बैंक अगाडि रह्यो । बैंकको सर्वाधिक ४२ करोड २ लाख ४४ हजारको कारोबार भएको छ । यस्तै नेपाल पुनर्बिमा कम्पनीको ४० करोड ३२ लाख २८ हजार र नेपाल दूरसञ्चार कम्पनीको ३२ करोड ४४ लाख १४ हजारको कारोबार भएको छ ।