March 29, 2024, Friday
१६ चैत्र २०८०, शुक्रबार

आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान बन्द गर्ने सरकारको निर्णय

आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान बन्द गर्ने सरकारको निर्णय

सरकारले आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान बन्द गर्ने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को सिफारिसअनुसार हवाई उडान बन्द गर्ने निर्णय गरेको हो । बैठकमा सहभागी एक मन्त्रीका अनुसार आन्तरिक हवाई उडान सोमबार मध्यरातिदेखि बन्द हुनेछ ।


यसबीचमा पनि आन्तरिक र अन्तर्राष्ट्रिय चार्टर्ड उडानका लागि भने अनुमति दिने निर्णय गरेको छ । यसअघि आइतबार नै आन्तरिक उडान कटौती गरिएको थियो । सरकारले निशेधाज्ञा गरेसँगै सडक यातायात भने बन्द गर्ने निर्णय गरेको थियो । तर, हवाइ यातायात खुल्ला गर्दा संक्रमणको जोखिम कायम रहेको भन्दै विरोध भइरहेको थियो ।

Advertisement