August 14, 2022, Sunday
२९ श्रावण २०७९, आईतवार

समाजिक उत्तरदायित्व देखाउँदै निगमले राख्यो इन्धनको मूल्य यथावत

समाजिक उत्तरदायित्व देखाउँदै निगमले राख्यो इन्धनको मूल्य यथावत


काठमाडौं– पटक पटक तेलको मूल्यबढाएर जनतालाई आक्रान्त पारेको नेपाल आयल नियमले यो पल्ट भने तेलको मूल्य यथावत राखेको छ । हप्तामा दुईपल्ट समेत इन्धनको मूल्य बढाउँदै आएको निगमले आइतबार एक विज्ञप्ति जारी गर्दै कोरोना महामारीले देशको अर्थतन्त्रमा असर गरेको कारण मूल्य नबढाएको दाबी गरेको हो ।


मे १ देखि इन्डियन आयल कर्पोरेशनले पठाएको मूल्यपछि पेट्रोलमा प्रतिलिटर ८ रुपैयाँ ७६ पैसा र डिजलमा ३ रुपैयाँ ४२ पैसा घाटा रहेको निगमले योपल्ट भने समाजिक दायित्व देखाउँदै मुल्य नबढाएको हो । निगमलाई हाल खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर ३ सय ७५ रुपैयाँ १३ रुपैयाँ घाटा छ । निगमका प्रवक्ता विनितमणि उपाध्यायका अनुसार एक पाक्षिक अवधिमै निगमलाई १ अर्ब रुपैयाँ घाटा हुने छ ।

Advertisement