March 28, 2024, Thursday
१५ चैत्र २०८०, बिहीबार

राष्ट्रिय जनगणना अनिश्चितकालका लागि स्थगित

राष्ट्रिय जनगणना अनिश्चितकालका लागि स्थगित

वैशाख २०, काठमाडौं ।
कोरोना महामारीका कारण आगामी राष्ट्रिय जनगणना अनिश्चितकालका लागि स्थगित भएको छ । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले अनिश्चितकालका लागि स्थगित गर्ने निर्णय गरेको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री डा. शिवमाया तुम्बाहाङफेले जानकारी दिइन् । उनले भनिन्, कोरोना महामारीका कारण हिजो बसेको मन्त्रिपरिषद बैठकले स्थगित गर्ने निर्णय गरेको छ ।

महामारी कम भएपछि फेरि सुचारु हुने छ ।’ १२ औँ जनगणना आगामी जेठ २५ गतेदेखि असार ८ गतेसम्म गर्ने तयारी थियो । हाल देशभर सुपरिवेक्षकको तालिम चलिरहेको छ । नेपालमा वि.सं. १९६८ देखि हरेक दस–दस वर्षमा जनगणना हुने गरेको छ ।

Advertisement