October 25, 2021, Monday
८ कार्तिक २०७८, सोमबार

सुनको मुल्य ४०० रुपैयाँले बढ्यो

सुनको मुल्य ४०० रुपैयाँले बढ्यो

वैशाख २०, काठमाडौं ।
नेपाली बजारमा सोमबार सुनको मुल्य बढेको छ । सोेमबार सुन प्रतितोला ४०० रुपैयाँले बढेको हो । जसअनुसार सोमबार छापावाला सुन प्रतितोला ९० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार छापावाला सुन प्रतितोला ९० हजार रुपैयाँका कारोबार भएको थियो ।

यस्तै तेजाबी सुनको मूल्य सोमबार ८९ हजार ९ सय रुपैयाँ तोकिएको छ । आइतबार तेजाबी सुन प्रतितोला ८९ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै चाँदीको प्रतितोला मूल्यमा पनि ५ रुपैयाँको वृद्धि भएको छ । आइतबार १२ सय ९५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य सोमबार १३ रुपैयाँ प्रतितोला कायम भएको महासंघले जनाएको छ ।

Advertisement