February 8, 2023, Wednesday
२५ माघ २०७९, बुधबार

आरएसडिसी लघुवित्तद्धारा नाफा ७ करोड ६३ लाख रुपैयाँ नाफा आर्जन

आरएसडिसी लघुवित्तद्धारा नाफा ७ करोड ६३ लाख रुपैयाँ नाफा आर्जन

वैशाख २०, काठमाडौं ।
आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आवको तेस्रो त्रैमासमा ७ करोड ६३ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । यो नाफा गत आवको तेस्रो त्रैमासको तुलनामा ४० प्रतिशतले बढी हो । कम्पनीले गत आवको तेस्रो त्रैमासमा ५ करोड ४३ लाख रुपैयाँ नाफा कमाएको थियो । चालू आवको तेस्रो त्रैमासमा कम्पनीको खुद ब्याज आम्दानी, सञ्चालन नाफा १ करोड ७२ लाख रुपैयाँ खराब कर्जा उठाउन कम्पनी व्यवस्थापन सफल भएकाले नाफा बढेको हो ।

हाल कम्पनीको चुक्तापूँजी ७३ करोड १९ लाख ६० हजार रुपैयाँ रहेको छ । त्यस्तै जगेडा काोषमा १३ करोड ८६ लाख ६५ हजार रुपैयाँ सञ्चित गरेको छ । गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा कम्पनीको खुद ब्याज आम्दानी २८ प्रतिशत र सञ्चालन नाफा २३ प्रतिशतले वृद्धि भएको हो । सोही अवधिमा प्रतिशेयर आम्दानी रू. १३ दशमलव ९०, मूल्य आम्दानी अनुपात ६५ दशमलव ६८, तरलता अनुपात ४ दशमलव ६३ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. ११८ दशमलव ९४ पुगेको छ ।

Advertisement