August 14, 2022, Sunday
२९ श्रावण २०७९, आईतवार

आज नेप्से दोहोरो अंकले घट्यो, कारोबार रकम ७ अर्ब ५२ करोडमा सिमित

आज नेप्से दोहोरो अंकले घट्यो, कारोबार रकम ७ अर्ब ५२ करोडमा सिमित

वैशाख २०, काठमाडौं ।
शेयर बजार आज दोहोरो अंकले घटेको छ । आइतबार ५४ अंकले बढेर २६ सय ६५ दशमलव ११ विन्दुमा पुगेको नेप्से आज १२ दशमलव ३५ अंकले घटेर २६ सय ५२ दशमलव ७५ विन्दुमा रोकिएको हो । त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि २ दशमलव ६९ अंकले घटेर ४७५ दशमलव १२ विन्दुमा पुगेको छ । नेप्से परिसुचक अनुसार आज २१६ कम्पनीको ८८ हजार ४८३ पटक कारोबार भएर ७ अर्ब ५२ करोड ९२ लाख ९० हजार १४६ रुपैयाँ बराबरको १ करोड ५९ लाख ८ हजार ४९९ कित्ता शेयर खरिद विक्रि भएको छ ।

Advertisement

सोमवार लगानी समूहको परिसूचक शून्य दशमलव ५ प्रतिशत बढेको छ । यसदिन बैंकिङ समूहको शून्य दशमलव ५५ प्रतिशत, व्यापारिकको शून्य दशमलव ३९ प्रतिशत, होटल्स तथा पर्यटन समूहको शून्य दशमलव ३७ प्रतिशत, विकास बैंकको १ दशमलव १८ प्रतिशत, जलविद्युतको १ दशमलव २३ प्रतिशत, वित्तको शून्य दशमलव ७२ प्रतिशत, निर्जीवन बीमाको शून्य दशमलव ६१ प्रतिशत परिसूचक घटेको छ ।

Advertisement

त्यसैगरी, उत्पादन तथा प्रशोधन समूहको १ दशमलव शून्य ९ प्रतिशत, अन्यको १ दशमलव ५३ प्रतिशत, जीवन बीमा समूहको शून्य दशमलव ५२ प्रतिशत र म्युचुअल फण्ड समूहको शून्य दशमलव शून्य ३ प्रतिशत परिसूचक घटेको छ । आइतबार धितोपत्र बोर्डले हकप्रद स्वीकृत गरेको अपी पावरले कारोबार रकममा लिड गरेको छ । कम्पनीको ३९ करोड ३५ लाख ५९ हजारको कारोबार हुँदा नेपाल पुनर्बिमा कम्पनीको २९ करोड ७४ लाख ४० हजार र ग्रामीण विकास लघुवित्तको २८ करोड ५२ लाख १२ हजारको कारोबार भएको छ ।

बजार परिसूचकमा गिरावट हुँदा पनि ५ कम्पनीको सेयर मूल्यमा भने सकारात्मक सर्किट लागेको छ । गत सातबाट नेप्सेमा कारोबार सुरु भएको सिंगटी हाइड्रोपावरसहित महिला लघुवित्त, नेशनल माइक्रोफाइनान्स, विशाल बजार कम्पनी र ङ्यादी हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो । विशाल बजार कम्पनीको शेयरमूल्य यस दिन ९ दशमलव ९९ प्रतिशत, नेशनल माइक्रोफाइनान्सको ९ दशमलव ९९ प्रतिशत, महिला लघुवित्तको ९ दशमलव ९८ प्रतिशत, ङादी ग्रुप पावरको ८ दशमलव ८८ प्रतिशत र सिंगटी हाइड्रोको ९ दशमलव ७७ प्रतिशतले मूल्य बढेको हो ।