January 26, 2025, Sunday
१३ माघ २०८१, आईतवार

कबिलासीमा सिरक वितरण

कबिलासीमा सिरक वितरण

०४ पौष, २०७६,काठमाण्डौ । विगत केही दिनयता देशभर चिसो ह्वात्तै बढेको छ । चिसोबाट प्रभावित सिरहाको सुखीपुर नगरपालिका–४ कबिलासीका वृद्धवृद्धा, अपाङ्गता भएका तथा एकल महिलालाई सिरक वितरण गरिएको छ ।

वडा कार्यालयमा बिहीबार आयोजित सिरक वितरण कार्यक्रममा प्रदेश नं ५ का प्रदेश प्रमुख धर्मनाथ यादव र सुखीपुर नगरपालिकाका प्रमुख रामअवतार यादवले संयुक्त रुपमा कबिलासीका वृद्धवृद्धा, अपाङ्गता भएका र एकल महिलागरी १६० जनालाई जाडोबाट जोगिन सिरक वितरण गरका हुन् ।
एउटा सिरकको मूल्य रु एक हजार २०० पर्ने बताइएको छ ।

Advertisement