खुल्दैछन् आधुनिक सिनेमा हलहरु, घट्दैछ नेपाली फिल्मको भने ब्यापार
संगीता पौडेल
पुष ४, काठमाडौं ।
शुक्रबारबाट चितवनको भरतपुर हाइटस्थित व्यापारिक कम्प्लेक्स सिजी ल्यान्डमार्कमा ‘सिनेप्लेक्स’ नामबाट मल्टिप्लेक्स (सिनेमा घर) संचालनमा आएको छ । सिनेप्लेक्स सञ्चालक कमल चौधरीका अनुसार उक्त हल अत्याधुनिक सुविधायुक्त दुईवटा स्क्रिन निमार्ण भएको छ । स्क्रिन १ मा १४३ र २ मा २१९ सिट रहेको उक्तहल चितवन र आसपास क्षेत्रका सिनेप्रेमीका लागि पछिल्लो बार्को प्रोजेक्सन र थ्रीडी कम्प्याटिबल स्क्रिन लगाएको छ ।
चितबनमा जस्तै विराटनगरमा अधिल्लो हप्ता क्युएफएक्सले नयाँ सिनेमा हल संचालनमा ल्याएको छ । भाटभटेनी सुपरमार्केटमा सिनेमा हल शुभारम्भ गरिएको हो । क्युएफएक्सका सीईओ रोशन अडिगाका अनुसार यो उनको सस्थाले लगानी गरेको २७ औं हाल हो । रिगल सिनेमाजको लगानी रहेको यो (बिराटनगर), तथा भर्खरै खुलेका दुई (बुटवल र भक्तपुर ) समेत गरि क्युएफएक्समा हाल १२ बटा हलमा २७ वटा स्क्रिन रहेका छन् । डेप्थ क्यू थ्रीडी टेक्नोजोलीको प्रयोग गरिएका यि हलहरु पछिल्ले समयका चल्ती का टेक्नोलोजीमा पर्दछन् । यि फिल्म हलमा जसरी लगानी गरिएको छ त्यो हेर्दा पछिल्लो समय फिल्म क्षेत्रमा लगानी बढेर गएको छ । नयाँ पुस्ता बाहिर सिनेमा पढेर आउने गर्न थालेको र राम्रा सिनेमा बनाउने क्रम बढ्दा बजारसमेत बढेको मान्न सकिन्छ । विराटनगरको हलमासमेत डलबी एटम्स साउन्ड सिस्टम जडान गरिएको छ । योसँगै विराटनगरमा मल्टिप्लेक्सको संख्या ६ पुगेको छ । यसअघिका हिमालय टाकिज र अरुण सिनेमा पनि सिनेमा पनि सञ्चालनमा छन् ।
नेपालमा फिल्म हल धमाधम थपिएको समय नेपाली फिल्मले भने धमाधम लागनी धुमाउँदै गएका छन् । एक बर्षको समिक्षा गर्दा बर्ष भरी निर्माण हुने सय नेपाली फिल्म मध्ये मात्र ५ बटाले राम्रो ब्यापार गर्ने गरेका छन् । यस वर्षको बैशाख अन्तिममा प्रदर्शनमा आएको फिल्म ‘दाल भात तरकारी’ ले आलोचनाका बावजूद पनि नाफाको व्यापार ग¥योे । मह जोडीप्रति दर्शकको विश्वास भएका कारण यो फिल्मले बक्सअफिसमा असफल हुनु नपरेको कतिपयको निष्कर्ष छ । यसपछि जेठको पहिलो हप्ता प्रदर्शनमा आएको सुपरहिट फिल्म ‘जात्रा’ को सिक्वेल ‘जात्रै जात्रा’ ले पनि केही लोभलाग्दो कमाई ग¥योे ।
यसपछि तीन महिना (असार साउन र भदौ) कुनै फिल्म चलेनन् । असोजको पहिलो हप्ता प्रदर्शनमा आएको सुपरहिट फिल्म ‘कबड्डी’ को तेस्रो सिक्वेलले बक्सअफिसमा धूम मच्चायो । प्रदर्शनको ५१ औं दिनसम्ममा १३ करोडभन्दा बढी कमाउँदै ‘कबड्डी ३’ यस वर्षको ब्लकबस्टर फिल्म साबित भयो । यसको करीब २० दिनपछि फिल्म ‘छ माया छपक्कै’ प्रदर्शनमा आएको थियो ।
यसअघि पाँचवटा ब्लकबस्टर फिल्म दिएको दीपकराज गिरीको समुह यो पटक पनि सफलताको स्वाद चाख्नबाट बञ्चित भएन । यो फिल्मले प्रदर्शनको ५१औं दिनसम्ममा १४ करोडको आसपास व्यापार गर्दै वर्षकै सबैभन्दा धेरै कमाउने फिल्मको रेकर्ड बनाएको छ । तर, असोजले बिदा मागेसँगै नेपाली फिल्मको व्यापार पूरै सुस्ताएको छ । कुनै फिल्मले हलमा दर्शक तान्न सकेका छैनन् ।
यस वर्ष निकै आश गरिएका फिल्ममध्ये ‘वीर विक्रम २’, ‘रातो टीका निधारमा’, ‘हजार जुनीसम्म’, ‘मारुनी’, ‘जाइरा’, ‘पोइ प¥यो काले’, ‘घामड शेरे’, ‘चच हुई’, ‘माछा माछा’ ले बक्सअफिस तताउने ठूलो अपेक्षा थियो । तर, कुनैले न राम्रो व्यापार गर्न सके न त दर्शकलाई सन्तुष्ट बनाउन नै बनाउन सके । अहिले नेपाली फिल्म हलहरु धमाधम थपिदै गर्दा नेपाली फिल्म भने चल्ने छाडेका छन् । नेपाली फिल्म लाग्ने साथ अहिले हल दर्शक नभएर चकमन्न छ । प्रायः सिंगल थिएटर (हल) बन्द हुने अवस्थामा छन् ।
वितरक करन श्रेष्ठ अहिले फिल्म चल्न छाड्नुको कारण चिसो मौसमलाई मान्दैनन् । उनी भन्छन, ‘फिल्म राम्रो छ भने दर्शकलाई मौसमले हल जान रोक्दैन । अहिले कि स्टारडम भएका कलाकारको फिल्म चल्छ कि त ठूला ब्यानरका ।’ अहिले दर्शकले ब्रान्ड बनिसकेका फिल्मका सिरिज र टिमका फिल्म मात्र हेर्न थालेको अवस्था छ । उनी अगाडि थप्छन् ।
मनोरञ्जनको ग्यारेन्टी गर्न नसक्ने फिल्मलाई दर्शकले साथ नदिने उनको कथन छ । अहिले फिल्म नचल्नुको कारण पनि उनी यही मान्छन् । चिसो मौसम कुनै कारण हुनसक्छ ? फिल्मीखबरको प्रश्नमा उनले भने, ‘बिहानी र रात्री सोजमा केही हदसम्म असर गर्छ तर दिवा सोजलाई गर्दैनन् । अहिले दिउँसो पनि हलमा दर्शक छैनन् । यसको कारण फिल्म राम्रो नभएरै हो हुन् ।’
आश गरिएका फिल्म समेत नचल्दा अहिले फिल्म निर्माण र प्रदर्शन गर्न लागेका निर्माताहरु नराम्रोसँग तर्सिएका छन् । गत वर्ष दशैंपछि कुनै नेपाली फिल्म नचल्दा फिल्म क्षेत्र धरासायी हुने अवस्थामा पुगेको थियो । यो अवस्था यस वर्ष पनि दोहोरिने देखिएको छ । गुणस्तर फिल्ममा जोड नदिने हो भने नेपाली फिल्म क्षेत्रमा चाँडै संकटकाल घोषणा गर्नुपर्ने अवस्था नआउला भन्न सकिन्न ।
प्रतिकृया दिनुहोस्