January 17, 2022, Monday
३ माघ २०७८, सोमबार

चेम्बर अफ कमर्सले कोरोना संक्रमितका लागि एम्बुलेन्स सेवा उपलब्ध गराउने

चेम्बर अफ कमर्सले कोरोना संक्रमितका लागि एम्बुलेन्स सेवा उपलब्ध गराउने


काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्सले कोरोना संक्रमितका लागि एम्बुलेन्स सेवा उपलब्ध गराउने भएको छ । चेम्बरले स्वास्थ्य संवेदनशीलतालाई ध्यानमा राख्दै आपतकालीन स्वास्थ्य प्रयोजनका लागि बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म एम्बुलेन्स सेवा उपलब्ध गराउने भएको हो ।


नेपाल चेम्बरले छत्रपाटी चिकित्सालयसँगको सहकार्यमा एम्बुलेन्स सेवा उपलब्ध गराएको हो । हाललाई काठमाण्डौ उपत्यकाभित्रका अस्पताल जानुपर्ने बिरामीहरुले एम्बुलेन्स सेवा लिन सक्ने छन्। एम्बुलेन्स सेवा प्रयोगका लागि उल्लेखित समयमा नेपाल चेम्बर अफ कमर्सको फोन नं. ०१–५३३०९४७ वा छत्रपाटी चिकित्सालयको मोबाइल नं. ९८५१२१६०३९ मा सम्पर्क राख्न सकिने बताएको छ ।

Advertisement