January 17, 2022, Monday
३ माघ २०७८, सोमबार

तेस्रो त्रैमाससम्म सानिमा लाईफले कमायो ९ करोडभन्दा बढी नाफा

तेस्रो त्रैमाससम्म सानिमा लाईफले कमायो ९ करोडभन्दा बढी नाफा

वैशाख २७, काठमाडौं ।
चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म सानिमा लाईफ इन्स्योरेन्सले ९ करोड ३६ लाख ८६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्षभन्दा यस वर्ष कम्पनीको खुद नाफा ११ दशमलव ७५ प्रतिशत बढेको हो । गत वर्ष यस अवधिमा कम्पनीले ८ करोड ३८ लाख ३८ हजार रुपैयाँ खुद नाफा गरेको थियो । यस वर्ष १५ प्रतिशत बढी कुल आम्दानी गरेको कम्पनीले करीब २७ प्रतिशत बढी कुल खर्च गरेको छ । कम्पनीले यो वर्ष १२ करोड २७ लाख ९० हजार रुपैयाँ कुल आम्दानी गरेको छ भन २ करोड ९१ लाख ४ हजार रुपैयाँ खर्च गरेको हो । कम्पनीको हाल १ अर्ब ४० करोड रुपैयाँ चुक्तापूँजी रहेको छ । जगेडा कोषमा २० करोड ६३ लाख २१ हजार रुपैयाँ कायम भएको छ ।

जीवन बीमा कोष रकम पनि गत वर्षभन्दा १४८ प्रतिशत बढेर १ अर्ब ९२ करोड ३५ लाख रुपैयाँ पुगेको छ । यस वर्ष कम्पनीले गत वर्षभन्दा १५२ दशमलव ४९ प्रतिशत बढी बीमालेख धितोमा कर्जा प्रवाह गरेको छ । गत वर्ष २ करोड १० लाख ८९ हजार रुपैयाँ बीमालेख धितोकर्जा प्रवाह गरेको कम्पनीले यस वर्ष ५ करोड ३२ लाख ४८ हजार रुपैयाँ प्रवाह गरेको हो ।

Advertisement